रास्वपाका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ आज

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निर्वाचित केन्द्रीय सदस्य एवं पदाधिकारीहरूले आज शपथ लिँदै छन् । गत शुक्रबार सकिएको महाधिवेशनबाट निर्वाचित ९९ केन्द्रीय सदस्य तथा ७ पदाधिकारीको शपथ बुधबार पार्टी केन्द्रीय कार्यालय चःमतिमा हुने रास्वपाले जनाएको छ । शपथपछि नै नवनिर्वाचित केन्द्रीय समितिको बैठक बस्नेछ। बैठकपछि बाँकी पदाधिकारी र केन्द्रीय सदस्यको मनोनयन प्रक्रिया सुरू हुनेछ ।

सभापतिले मनोनीत गर्ने पदाधिकारी र केन्द्रीय सदस्यहरूको नाम केन्द्रीय समितिमा पेस गर्ने प्रक्रिया छ । रास्वपा विधान अनुसार १५८ केन्द्रीय सदस्यमध्ये ९९ जना निर्वाचित र बाँकी सभापतिबाट मनोनीत हुने छन् । १९ पदाधिकारीमध्ये सभापति सहित ७ निर्वाचित हुने छन् भने बाँकी पदाधिकारीलाई सभापतिले मनोनयन गर्छन् ।

प्रतिक्रिया