
काठमाडौं । राष्ट्रिय लोक दोहोरी व्यवसायी संघले सातौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । ‘लोकदोहोरी व्यावसायीहरुको ऐक्यबद्धता, कला र संस्कृतिको संरक्षण तथा रोजगारीको प्रतिबद्धता’ भन्ने मुल नारा सहित स्थापना भएको साधारण सभा शनिबार काठमाडौंको सोह्रखुट्टेमा सम्पनन भएको संघले जनाएको छ ।
सो साधारण सभामा सोही संस्थाका अध्यक्ष दिपसागर थापा मगरको अध्यक्षता रहेको थियो भने राष्ट्रिय लोक दोहोरी व्यवसायी संघका संस्थापक अध्यक्ष चुडा बहादुर कार्कीको प्रमुख आतिथ्यता रहेको थियो ।
त्यसैगरी निवर्तमान अध्यक्ष गुणराज खनाल, रिम खत्री, अमृत भुजेल, होटल व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सन्तोष उप्रती, होटल व्यवसायी महासंघका महासचिव मित्रप्रसाद ढकाल, राष्ट्रिय लोक दोहोरी व्यवसायी संघका संस्थापक महासचिव प्रेम श्रेष्ठ, राष्ट्रिय लोक दोहोरी व्यवसायी संघका निवर्तमान महासचिव भिम नारायण श्रेष्ठ, प्रहरी वरिष्ठ निरिक्षक प्रकाश भेटुवाल, प्रहरी नायब उपरिक्षक रबिन विष्ट, प्रहरी निरिक्षक सुमित श्रेष्ठ, गोर्खा ब्रुअरीका सिनियर मेनेजर रबिन्द्र सुवेदी लगायत कलाकार, डिवाईन वाईन् प्रालिका कृष्णहरी अधिकारी, एस्टिम जुस की दिक्षा थापा, समाजसेबी, दोहोरी साँझ सञ्चालकको सहभागिता रहेको थियो ।
सो साधारण सभामा सोही संस्थाका महासचिव नन्द घर्ती मगरले सञ्चालन गरेका थिए भने संस्थाकी उपाध्यक्ष दिलु सलामी मगरले स्वागत मन्तव्य राखेकी थिइन् । सातौँ वार्षिक साधारण सभाको अवसरमा राष्ट्रिय लोक दोहोरी व्यवसायी संघको स्थापनाकालदेखि वर्तमान अवस्थाबारे विभिन्न वक्ताहरुले आ–आफ्नो विचारहरु व्यक्त गरेका थिए । कार्यक्रममा संस्थालाई अझै तीव्र रुपले कसरी अगाडि बढाउने भन्नेबारे विशेष छलफल पनि भएको अध्यक्ष दिपसागर थापा मगरले जानकारी दिए ।
सो अवसरमा गायक बखानसिंह गुरुङ, सेक्युरिटी गार्ड, धन प्रसाद अधिकारी, बेटर गीता रोका मगर, गयिका सनम पुर्जा मगर, गुणराज खनाल, सुनिल लामिछाने, राष्ट्रिय लोक दोहोरी व्यवसायी संघका संस्थापक अध्यक्ष चुडा बहादुर कार्की लागायत थुप्रै व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । साथै, साधारण सभाकै अवसरमा नयाँ दोहोरी साँझहरुलाई पनि सदस्यता प्रदान गरिएको थियो ।
अध्यक्ष दिप सागर थापा मगरले दोहोरी साँझहरुलाई अझ परिस्कृत कसरी बनाउने, नयाँ बसपार्कका दोहोरी साँझहरुमा पाहुनाहरु आउन नमानेर ठमेल र अन्य दोहोरी साँझमा जान हामीमा केही कमजोरी भएर हो भन्ने कुरा मनन् गर्दै आगामी दिनमा कमी कमजोरीलाई सुधार्नुपर्ने जरुरी रहेको बताए ।
आगामी दिनमा दोहोरी साँझ सञ्चालकहरुमा मितव्ययिता हुनुपर्ने, एक दोहोरी साँझ सञ्चालकलाई अप्ठ्यारो पर्दा अर्को दोहोरी साँझ सञ्चालकले साथ दिनुपर्ने, एउटा दोहोरी साँझले अर्को दोहोरी साँझको स्टाफ नभड्काईदिने र गलत क्रियाकलापहरु नगर्न अध्यक्ष थापाले अनुरोध गरेका थिए ।
प्रतिक्रिया