डंकी रूटको यात्रामा आधारित उपन्यास सार्वजनिक

लेखक डा. चन्द्र गिरीद्वारा लिखित उपन्यास ‘डंकी : सपनाको कालबाटो’ आइतबार काठमाडौंमा लोकार्पण गरिएको छ । लेखक गिरीसहित मदन पुरस्कार विजेता साहित्यकार कृष्ण धराबासी, पत्रकार/लेखक वसन्त बस्नेत, लेखिका बिना थिङ र साहित्यकार शंकर गिरी पथिकले उपन्यास लोकार्पण गरेका थिए।

डङ्कीले आप्रवासन, सपनाको खोजी र मानवीय संघर्षको यथार्थ चित्रण गरेको कार्यक्रमका वक्ताहरूले बताएका छन्। इलामको एक युवकले अमेरिका जान रोजेको डंकी रूट र उसले गरेको यात्रालाई किताबमा प्रस्तुत गरिएको छ। उपन्यास बुकहिल पब्लिकेसनले प्रकाशन गरेको हो । यसअघि उनका मैले नदेखेको सपना (आत्मकथा) र संसारको सेरोफेरो (यात्रा संस्मरण) प्रकाशित भइसकेका छन् ।

तस्बिरहरूः नेपाल फोटो लाइब्रेरी

प्रतिक्रिया