टोखामा मनाइयो राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव (तस्विरहरु)

काठमाडौं । टोखा नगरपालिकाले २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव–२०८३ मनाएको छ । ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने नारासहित सोमबार दिउँसो टोखा महोत्सव आयोजना गरिएको हो ।

कृषि विकास शाखाको आयोजनामा सम्पन्न कार्यक्रममा सामूहिक धान रोपाइँ, आधुनिक कृषि प्रविधिको प्रवर्द्धन तथा धान उत्पादनमा आत्मनिर्भरता अभिवृद्धिसम्बन्धी विभिन्न गतिविधि सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ ।

कार्यक्रममार्फत जलवायु अनुकूल कृषि प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्दै धान उत्पादन वृद्धि, कृषकलाई आधुनिक खेतीतर्फ आकर्षित गर्ने तथा कृषि क्षेत्रको दिगो विकासमा टेवा पुर्‍याउने उद्देश्य राखिएको जनाइएको छ ।– तस्विर सुर्याम्स उप्रेती, नेपाल फोटो लाइब्रेरी

प्रतिक्रिया