रास्वपा महाधिवेशन प्रभाव : प्रतिनिधिसभाको बैठक फेरि शनिबारलाई सारियो

काठमाडौं । प्रतिनिधिसभाको आजका लागि निर्धारित बैठक स्थगित भएको छ । संघीय संसदका महासचिव पदमप्रसाद पाण्डेयले जारी गरेको सूचनामा बैठक यही असार १३ गते शनिबारका लागि सरेको जनाइएको छ ।

सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको नियमावली, २०८३ को नियम ६ को ३ बमोजिम आज दिउँसो १ बजेका लागि यसअघि सूचनामार्फत् तोकेको बैठक फेरि सरेको जानकारी दिएका हुन् ।

यसअघि यही असार ११ गते शुक्रबारका लागि बैठक पूर्वनिर्धारित भएकोमा पहिलो सूचनामार्फत् स्थगित भएको थियो । चितवनको भरतपुरको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन लम्बिएको कारण बैठक सरेको आँकलन गरिएको छ ।

प्रतिक्रिया