
काठमाडौं । मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३–८४ का लागि ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा यो बजेट करिब ६ अर्ब रुपैयाँले कम हो ।
प्रदेशसभामा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज भट्टराईले चालुतर्फ १४ अर्ब ६६ करोड ३२ लाख २९ हजार रुपैयाँ अर्थात् कुल बजेटको ३५।५३ प्रतिशत विनियोजन गरिएको जानकारी दिए । त्यसै गरी पुँजीगततर्फ २६ अर्ब ४७ करोड ५३ लाख ७१ हजार रुपैयाँ अर्थात् कुल बजेटको ६४।३६ प्रतिशत बजेट छुट्याइएको छ ।
बजेटको स्रोत व्यवस्थापनतर्फ प्रदेश सरकारले आन्तरिक राजस्व तथा विविध आयबाट ११ अर्ब २२ करोड ७५ लाख रुपैयाँ संकलन गर्ने लक्ष्य लिएको छ । त्यस्तै संघीय सरकारबाट राजस्व बाँडफाँडमार्फत १२ अर्ब ८३ करोड रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।
अर्थमन्त्री भट्टराईका अनुसार संघीय सरकारबाट प्राप्त हुने वित्तीय अनुदान ९ अर्ब ४९ करोड ५९ लाख रुपैयाँ रहनेछ भने चालु आर्थिक वर्षबाट बाँकी रहने नगद मौज्दात ६ अर्ब ८ करोड ५२ लाख रुपैयाँ बजेट व्यवस्थापनमा उपयोग गरिने छ । प्रदेश सरकारले आन्तरिक ऋणमार्फत १ अर्ब ५० करोड रुपैयाँ जुटाउने लक्ष्य पनि लिएको छ ।
यस्तो छ बजेटको पूर्णपाठ
प्रतिक्रिया