हात्तीकाे आक्रमणबाट झापामा एक महिलाको मृत्यु

झापा । झापामा एकाबिहानै हात्तीले आक्रमण गर्दा एक महिलाको मृत्यु भएको छ । झापा प्रहरीका अनुसार जंगली हात्तीको आक्रमणमा परी एक महिलाको मृत्यु भएको हो । आज बिहान ५ बजेतिर मेचीनगर नगरपालिका ४ बाहुनडाँगी बजारकी ६२ वर्षीया पद्मा पौडेलको हात्तीको आक्रमणमा परी मृत्यु भएको झापा प्रहरीले जनाएको छ ।

मेचीनगर ४ को वडा कार्यालय नजिकै घर भएकी पौडेल घरबाट बाहिर निस्कने क्रममा जंगली हात्तीको आक्रमणमा परेकी थिइन् । हात्तीले चुल्चदा उनको घटनास्थलमा नै मृत्यु भएको हो । अहिले घटना स्थलमा प्रहरी चौकी बाहुनडाँगी र इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी निरीक्षक वीरेन्द्र कोइरालाको नेतृत्वमा प्रहरी टोली परिचालित भएको छ । पौडेलको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुरमा पठाइएको झापा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया