सेना, निरंकुश शासक, राजा महाराजाले शासन गर्ने स्थानमा जनताको मतबाट निर्वाचित जनप्रतिनिधिले शासन गर्ने व्यवस्था हो संसदीय व्यवस्था । यो विचार प्रदान हुन्छ । संसदीय प्रणालीको लामो इतिहास छ । लेनिनले नेतृत्व गरेको क्रान्तिको प्रणाली त ७० वर्ष पनि टिकेन । इतिहासको मोडमा आएर कम्युनिस्टहरू शासन सत्तामा असफल भएकै छन् ।

नेपालमा कम्युनिस्ट पार्टीको स्थापना हुँदा, विश्वमा समाजवादी क्रान्ति भएको सोभियत संघले माक्र्सवादको एक खालको प्रयोग विश्वलाई देखाएको थियो । लेनिन नै विश्वमा एक मात्र व्यक्तित्व थिए, जसले कम्युनिस्ट पार्टीको नेतृत्वमा सर्वहारा वर्गले राज्य सत्ता नियन्त्रण गर्न सक्दछ भन्ने मान्यता स्थापित गरे । त्यसको प्रमाण सोभियत संघ हो ।
सोभियत क्रान्ति सहरबाट प्रारम्भ भयो र गाउँमा पुगेरै स्थापित भयो । माक्र्सवादी व्याख्यामा भनियो समाजवादी क्रान्ति । सोभियत संघकै सहयोगले पूर्वी युरोपका कतिपय देशमा कम्युनिस्ट पार्टीको नियन्त्रणमा सरकार बने । सोभियत संघको सहयोगमा केही वर्ष सरकार चले पनि कम्युनिस्ट पार्टीको आदर्शलाई स्थापित गर्न सकेनन् । मुलुकको विकासमा केही सफलता प्राप्त भएको भए तापनि मानवअधिकार, प्रेस, देशवासीको नैसर्गिक अधिकारको सदुपयोग उचित रूपमा हुन सकेन ।
कम्युनिस्ट पार्टीका महासचिव वा अध्यक्ष केन्द्रीय सदस्य र पार्टीको संरचनागत अन्य नेता कार्यकर्ताको जीवन स्तर र अन्य जनताको जीवन भोगाइमा अन्तर देखियो । सोभियत संघको सहयोगमा सत्ता सञ्चालन हुँदै गर्दै आएका मुलुकहरू सहयोग बन्द हुने बित्तिकै धराशायी भए, देशमा जनताले आक्रोश व्यक्त गरे, कम्युनिस्ट शासन सत्ता, खोयाको घर जस्तै भएर ढले ।
माक्र्सले देखाएको बाटो दर्शन र अर्थतन्त्रको नयाँ ढाँचाले विकास गर्न नसक्नु अर्काको भर पर्नु कम्युनिस्ट पार्टीको सरकारको असक्षमता नै प्रमाणित भयो । रुमानिया, पोल्यान्ड, पूर्वी जर्मनीका शासकप्रति जनताको आक्रोश देखियो । कम्युनिस्टहरू निरंकुश हुन्छन्, हुँदा रहेछन् भन्ने सन्देशले विश्वलाई प्रभावित पार्यो ।
कार्लमाक्र्सले संसदीय व्यवस्थाबारे के भने जानकारी छैन । उनको जीवनकालमा विश्वमा संसदीय प्रणाली शक्तिशाली रूपमा बेलायत र फ्रान्समा मात्र थिए । रूसी क्रान्ति चल्दै गर्दा लेनिनले संसदीय व्यवस्थाको आलोचना गर्दै भनेका थिए । संसद्, खसीको टाउको झुन्ड्याएर कुकुरको मासु बेच्ने ठाउँ हो । यो तर्क आफैँमा संसारलाई मूर्ख बनाउने गलत तर्क थियो । किनकि संसदीय व्यवस्था विश्वव्यापी रूपमा स्थापित हुँदै थियो भएको थियो ।
विश्वका धेरै कम्युनिस्ट नेताहरूले लेनिनवादको व्याख्या पटक–पटक गरे । सर्वहारा वर्गले साम्राज्यवादविरुद्ध गरेको क्रान्तिलाई लेनिनवादसँग जोडे । अबको विश्वमा लेनिनवादको व्याख्या गलत हुन्छ । लेनिनवादको औचित्य समाप्त भयो । लेनिनले रूसी क्रान्ति ताका लेखिएका कीर्ति कार्यकर्तालाई पढाउने अनि आमनिर्वाचनमा कार्यकर्तालाई जनताको बीचमा घरदैलो गर्न पठाउने यी तर्क विरोधाभासी छन् ।
सेना, निरंकुश शासक, राजा महाराजाले शासन गर्ने स्थानमा जनताको मतबाट निर्वाचित जनप्रतिनिधिले शासन गर्ने व्यवस्था हो संसदीय व्यवस्था । यो विचार प्रदान हुन्छ । संसदीय प्रणालीको लामो इतिहास छ । लेनिनले नेतृत्व गरेको क्रान्तिको प्रणाली त ७० वर्ष पनि टिकेन । इतिहासको मोडमा आएर कम्युनिस्टहरू शासन सत्तामा असफल भएकै छन् ।
सोभियत संघको विघटन र शीत युद्धको समाप्ति अघि विश्वका धेरै देशका कम्युनिस्ट पार्टीका नेताहरूले जनता र कार्यकर्तालाई जनवादी क्रान्तिको सपना देखाए । सोभियत संघको विघटनपछि ती सपना विश्वव्यापी रूपमा चकनाचुर भए । आफ्ना भनिएका तथा कथित गुरु लेनिनको भनाइ खसीको टाउको झुन्ड्याएर कुकुरको मासु बेच्ने संसद्मा ज्यान थापेर लागे । कम्युनिस्ट पार्टीका नेताहरू । यदि आजको विश्वमा चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्व नहुने हो भने विश्वमा कम्युनिस्ट पार्टीको नाम कोही लिन चाहँदैन थिए ।
नेपालका तथाकथित कम्युनिस्टहरू १७ हजार मानिसको रगतले भूमि भिजाएर पनि पुनः त्यही संसद्को चुनाव लड्न तयार भए, जनतालाई ढाँट्न छाडेनन् । आफ्नो तोकिएको निर्वाचन क्षेत्रमा ५० हजार मतले पराजित हुने र पार्टी अध्यक्ष छाड्न नचाहने जनताप्रतिको नैतिकता राख्न नसक्ने जनवादी क्रान्तिको सपना देखाएर १७ हजार मान्छेलाई मृत्यु वरण गर्न लगाएर पुनः त्यही संसदीय व्यवस्थामा मत मागेर सत्तामा पुग्ने व्यक्तिहरूको एकीकरण होला त ?
नेपालको क्रान्तिकारी धारको अगुवाइ गर्छु भन्ने नेकपा माओवादी र सुरुदेखि नै मतपत्रमा विश्वास गर्ने नेकपा एमाले । यी कम्युनिस्ट दलले पटक–पटक संसदीय अभ्यास गरे । यिनीहरूले न संसदीय प्रणालीलाई व्यवस्थापन गर्न सके, न जनवादी व्यवस्थाको पूर्वाधार तयार गर्न सके । आफू र आफ्ना मानिसद्वारा राज्यको दोहनभन्दा बढी केही गर्न सकेको देखिएन । उनीहरूप्रतिको घृणा बढ्दै गएको छ ।
लामो समयसम्म शासन गर्दा त जनताका प्रजातान्त्रिक मूल्य र मान्यतालाई स्थापित गर्नुको साटो सेटिङबाट आफ्ना मान्छेलाई पद दिलाउने, मूल्य र मान्यता बिर्सने । झन्डै ३६ वर्ष देश यसरी नै दोहन भएछ । जनतालाई जनवादी क्रान्तिको सपना देखाएर गरेको १० वर्ष विद्रोह संसदीय अभ्यास त जेनजी युवा पुस्ताको २ दिनको विद्रोहले सखाप पारिएको तथ्य घटनाले के बतायो ? गलत कामको थालनी गलत नै हुन्छ, भन्ने प्रमाण मुलुकले छिट्टै देख्न पायो ।
सोभियत संघको विघटनभन्दा अघिका नेपालका कुनै पनि समूहका दस्तावेज, प्रयोगमा होइन, कपडाले पोको पारेर कुनै पुस्तकालयमा थन्क्याए हुन्छ । विश्वमा अब लेनिनवाद, माओविचारधारा जुछे विचारको कुनै सार्वभौम औचित्य छैन समाप्त भयो । कुनै बेला राजा महेन्द्रले नेपालका दललाई प्रतिबन्ध लगाएर निर्विकल्प भनेको पञ्चायतले जनमत संग्रहपछि, विकल्प देख्न पायो । त्यस्तै २०४६ सालको ऐतिहासिक जनआन्दोलनबाट स्थापित कांग्रेस र कम्युनिस्टहरू आफूलाई विकल्पविहीन भन्थे । जेनजी विद्रोहले उनीहरूको विकल्प देखाइदियो । तथ्यहरू जिउँदा छन् ।
प्रतिनिधिसभामा नेपाली कांग्रेस शालीनताका साथ देखा परेको छ । हालांकि नेकांको खिचलो तीव्र देखिएको छ तर उनीहरूले आफू भित्रको द्वन्द्वलाई पचाएका छन् । नयाँ पार्टी भएकोले होला श्रम संस्कृति पार्टीले सत्ताधारी दललाई चेतावनी दिँदै छ । सरकार गठनको ३ महिना नपुग्दै संसद् भवन प्रधानमन्त्रीको राजीनामा माग्नु चानचुने कुरा होइन । यसलाई गम्भीर रूपले बुझ्न जरुरी छ । चुनावको नतिजा सुन्दै गर्दा १ जना पूर्वप्रधानमन्त्रीले भने, ‘पूर्वप्रधानमन्त्रीमध्ये चुनाव जित्ने व्यक्ति म मात्र हुँ । म समग्र संसद्को अभिभावक हुन्छु ।’ यो अहम्ता देखाउने पूर्वप्रधानमन्त्री कहाँ छन् ?
कुनै न्यायोचित विकल्प र व्यवस्थापनबिना नै विगत ५० वर्षदेखि एउटै स्थानमा कष्टकर जीवन बिताउँदै आएका गरिब सुकुम्मासीहरूलाई बल प्रयोग गरेर निर्दयतापूर्वक वासस्थानबाट उठाउनु सरासर मानवता विरोधी कार्य होइन र ? देशको सर्वोच्च सम्मानित राष्ट्रपतिले संसद्मा सरकारको तर्फबाट वार्षिक नीति तथा कार्यक्रम पेस गरिरहेका बेला काइते स्वार्थका कारण संसद् भवनबाटै लज्जास्पद रूपमा कुलेलाम ठोक्ने प्रधानमन्त्री पनि यसै पटक नेपालले देख्न पायो । संसद्मा आफ्नै खुसी र बेखुसीका बीच प्रतिपक्षी दलहरूले उठाएका जायज प्रश्नहरूको सामना गर्न नसकेर र जबाफ दिन नचाहेर मैदान छोडी भाग्ने यस्ता प्रधानमन्त्रीको नाम त वास्तवमा ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ मा दर्ता हुनु नै पूर्ण रूपमा उचित र सान्दर्भिक हुन्छ ।
प्रजातन्त्रको प्राप्ति र त्यसको दीर्घकालीन संरक्षणका प्रमुख संवाहक एवं दरिला खम्बा मानिने गौरवशाली विद्यार्थी संगठनहरूलाई नै राजनीतिबाट पूर्ण रूपमा विघटन गरिदिन्छु भन्दै हिँड्ने अधिनायकवादी प्रधानमन्त्री पनि अन्ततः नेपालले भोग्नु पर्यो । ऐतिहासिक ‘जयतु संस्कृतम्’ विद्यालयको प्रांगणबाट २००४ सालमा नेपालको पहिलो ऐतिहासिक विद्यार्थी आन्दोलनको आँधीबेहरी उठेको तथ्य कसले बिर्सन सक्छ ?
वर्तमान सरकार गठन भएको १०० दिनको अवधि पूरा भइसकेपछि के यो तमाम अलोकतान्त्रिक र गलत कार्यका विरुद्ध विधिको शासन र लोकतन्त्रलाई सही मार्गमा व्यवस्थित गर्नका लागि प्रमुख प्रतिपक्षी दलहरूले संयुक्त रूपमा एउटा सशक्त आन्दोलनको घोषणा गर्न सक्दछन् त ? राष्ट्रका सामुन्ने खडा भएको यो अत्यन्तै जटिल र संकटपूर्ण अवस्थालाई चिर्नका लागि के अब नेपालका छरिएर रहेका कम्युनिस्टहरू वैचारिक रूपमा एक होलान् त ? कि इतिहासको कालखण्डबाट सदाका लागि बिलाएर जालान् ? नेपाली समाजमा एउटा निकै प्रसिद्ध र चरितार्थ उखान छ, ‘कुण्ड कुण्ड पानी मुण्ड मुण्ड बुद्धि’ ।
आज नेपालको राजनीतिक आकाशमा जति पनि कम्युनिस्ट नामधारी साना–ठुला दल र व्यक्तिहरू अस्तित्वमा छन्, तिनीहरूको चेतना र बुद्धि पनि ठ्याक्कै त्यही उखान जस्तै ‘मुण्ड मुण्ड’ अर्थात् संकीर्ण र फरक–फरक स्वार्थमा विभक्त छ । पुष्पकमल दाहाल, झलनाथ खनाल, खड्गप्रसाद ओली र माधवकुमार नेपाल, यी सबै पुराना नेताहरूले विगतका इतिहास र पुराना कुराहरूको लामो व्याख्या–विश्लेषण गर्न त राम्रोसँग जानेका छन्, तर बदलिएको आधुनिक विश्व र नयाँ परिवेशका बारेमा न्यूनतम वस्तुगत जानकारीसम्म राख्न सक्दैनन् ।
अब पूर्ण रूपमा नयाँ जनमुखी नीति र योजनाबाट कामको व्यावहारिक थालनी गर्न जरुरी छ । विगतका पुराना र काम नलाग्ने सबै राजनीतिक संरचनाहरूलाई नयाँ प्रगतिशील ढाँचामा परिमार्जन गरेर वैज्ञानिक तरिकाले कामको थालनी गर्नुपर्दछ । यदि यी कम्युनिस्ट नेताहरूले केवल आफ्नो व्यक्तिगत टाउको मात्रै जोड्ने र सत्ताको भागबन्डा मात्रै गर्ने हो भने, निकट भविष्यमै कम्युनिस्ट पार्टीको अस्तित्व नै यो नेपालको भूमिमा रहने छैन । यसरी मात्र उनीहरूले आफ्ना निराश कार्यकर्ताको गुमेको मन पुनः जित्न सक्नेछन् ।
तथाकथित जेनजी युवा विद्रोहको बलियो वैशाखी टेकेर र सस्तो लोकप्रियता कमाएर देशको प्रधानमन्त्री बन्न सफल भएका बालेन शाहले त सिंगो नेपाली समाजलाई प्रख्यात लेखक ह्यान्स क्रिस्टियन एन्डरसनको त्यो पुरानो दन्त्यकथा ‘एम्परेर्स न्यु क्लोथ्स’ (राजाको नयाँ पोसाक) को मुख्य पात्र जस्तै बनाइदिएका छन् । उक्त कथामा कपटी बुनेकर जुलाहाले आफ्नो जादुई लुगाको भ्रम छरेर तत्कालीन अहंकारी राजालाई पूर्ण रूपमा नांगै बनाई झुक्याए जस्तै खेल आज यी कथित नयाँ शासकहरूले पनि सोझा नेपाली जनतामाथि खेलिरहेका छन् । राजनीतिक चेतनाको अभाव रहेसम्म यस्ता भ्रमपूर्ण र दुखद् घटनाहरू निकट भविष्यमा अरू धेरैपटक दोहोरिने निश्चित छ ।
प्रतिक्रिया