८ विश्वविद्यालयका उपकुलपतिमा दरखास्त आह्वान

काठमाडौँ । ८ वटा विश्वविद्यालयका उपकुलपति सिफारिस गर्न दरखास्त आह्वान भएको छ । उपकुलपति सिफारिसका लागि गठित छनोट तथा सिफारिस समितिले शुक्रबार सूचना निकालेर दरखास्त आह्वान गरेको हो ।

त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालयको रिक्त उपकुलपतिका लागि दरखास्त माग भएको छ ।

‘विभिन्न विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि, २०८३’ बिहीबार ल्याएको थियो। सोही कार्यविधिअनुसार दरखास्त आह्वान भएको छ ।

गोरखापत्रमा जारी सूचनाअनुसार अबको १० दिनभित्र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वेबसाइट www.moest.gov.np मा गई दिइएको लिंकमा दरखास्त दिन सकिनेछ ।

प्रतिक्रिया