
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तेस्रो अध्यादेश जारी गरेका छन् । उनले यसअघि दुई वटा अध्यादेश जारी गरेका थिए । राष्ट्रपति पौडेलले शुक्रबार सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ जारी गरेका हुन् ।
नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले अध्यादेश जारी गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जनाएका छन् ।
यसअघि शुक्रबार राष्ट्रपति पौडेलले सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३ र सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३ जारी गरेका थिए । अझै राष्ट्रपतिको कार्यालयमा पाँच वटा अध्यादेश छन् । सरकारले आठ वटा अध्यादेश राष्ट्रपति समक्ष पेश गरेको थियो ।

प्रतिक्रिया