त्रिविका उपकुलपतिसहित तीन जना पदाधिकारीले दिए सामूहिक राजीनामा

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) का उपकुलपतिसहित तीन जना पदाधिकारीले सामूहिक राजीनामा दिएका छन् । त्रिविका पदाधिकारीहरूले बिहीबार कर्मचारीमार्फत राजीनामा प्रधानमन्त्री कार्यालयमा पठाएका हुन् ।

बिहीबार त्रिविका उपकुलपति प्राडा दीपक अर्याल, शिक्षाध्यक्ष प्राडा खड्ग केसी र रजिस्ट्रार प्राडा केदारप्रसाद रिजालले राजीनामा दिएका हुन् । तीनै जनाले राजीनामा दिएको शिक्षाध्यक्ष केसीले जानकारी दिए ।

कुलपति एवं प्रधानमन्त्रीको निजि सचिव प्रदिप परियारको ह्वाट्सएपमा पनि पठाइएको छ । ‘राजीनामा दिएका छौँ, पत्र प्रधानमन्त्री कार्यालयमा पठाएका छौँ’, शिक्षाध्यक्ष प्राडा खड्ग केसीले भने ।

नयाँ सरकारालाई काम गर्न सहजताको लागि मार्गप्रशस्त गरिएको तर्क उनीहरूले गरेका छन् । उपकुलपति अर्याल केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला नियुक्त भएका थिए । प्राडा केशरजंग बरालले उपकुलपतिबाट राजीना दिएपछि अर्याल गत २०८२ असार २५ मा उपकुलपति बनेका थिए ।

शिक्षाध्यक्ष केसी र रजिस्ट्रार रिजाल पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भएको बेला नियुक्त भएका थिए । तत्कालीन उपकुलपति बरालको सिफारिसमा रिजाल र केसीलाई २०८० चैत ३० मा तत्कालीन प्रधानमन्त्री प्रचण्डले नियुक्त गरेका थिए । त्रिवि पदाधिकारीको कार्यकाल ४ वर्षको हो ।

तर, दुई तिहाइ नजिकको मत ल्याएको रास्वपाले राजनीतिक नियुक्ति लिएकालाई मार्गप्रशस्त गर्न भनेको थियो । सरकारले अध्यादेश नै ल्याउन लागेपछि राजीनामा दिने निर्णयमा त्रिवि कापदाधिकारी पुगेका हुन् ।

प्रतिक्रिया