दुगड अर्थमुभर्सको हाइड्रोपावर कस्टमर मिट सम्पन्न

काठमाडौँ । दुगड अर्थमुभर्स प्रालिले टाटा हिटाची कन्स्ट्रक्सन मेसिनरी कम्पनी लिमिटेडको सहकार्यमा ‘हाइड्रोपावर कस्टमर मिट’ आयोजना गरेको छ । कार्यक्रममा हाइड्रोपावर परियोजना सञ्चालक, ठेकेदार तथा सम्बन्धित सरोकारवालाहरूको उल्लेखनीय सहभागिता थियो । कार्यक्रममा टाटा हिटाचीका प्रमुख अन्तर्राष्ट्रिय प्रतिनिधिहरू जयकारा काल्माडी (एक्सपोर्ट हेड), सौरभ गुप्ता (सार्क कन्ट्री हेड) र गोपीनाथ (एक्सपोर्ट एडमिन)को उपस्थिति थियो ।

कार्यक्रमको उद्घाटन गर्दै एमभी दुगड ग्रुपका अध्यक्ष मोतिलाल दुगडले नेपालका हाइड्रोपावर परियोजनाहरूमा दिगो सहकार्यको महŒवमाथि प्रकाश पारेका थिए । प्राविधिक सत्रहरूमा जयकारा काल्माडीले टाटा हिटाचीको इतिहास तथा अन्तर्राष्ट्रिय उपलब्धिहरू प्रस्तुत गरेका थिए । सौरभ गुप्ताले टाटा हिटाचीका एक्स्काभेटर तथा ब्याकहो लोडरको उत्पादन दायरा, तिनको हाइड्रो परियोजनामा प्रयोग, कार्यक्षमता तथा फाइदाहरूबारे विस्तृत जानकारी दिएका थिए । हाइड्रोपावर कन्ट्रक्सनको कामका लागि उपयुक्त हुने मेसिनहरूको बारेमा व्यापार प्रमुख निरज सापकोटाले विस्तृत जानकारी दिएका थिए । कार्यक्रममा टाटा हिटाची उपकरणहरूको उच्च विश्वसनीयता, टिकाउपन तथा कठिन भौगोलिक अवस्थामा उत्कृष्ट प्रदर्शनबारे प्रस्तुतीकरण गरिएको थियो ।

प्रतिक्रिया