
काठमाडौं । कलाकार अर्जुन तिरुवाको शब्द रचनामा ‘चल्दो रैछ नोट’ गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा जीवन बडुको संगीत संयोजन तथा उनकै आवाज र जगत तिरुवाको संगीत रहेको छ ।
त्यसैगरी गीतको भिडियोमा अर्जुन तिरुवा, सरिता काफ्ले र मनोज गौतमले अभिनय गरेका छन् । विक्रम चौहानले निर्देशन गरेको उक्त भिडियोमा दीपक गिरुले छायांकन गरेका हुन् ।
‘र्यापर जगत’ नाम गरेको युट्युब च्यानलमार्फत गीतको भिडियो सार्वजनिक गरिएको छ । शब्दकार अर्जुन तिरुवाले आफू यस क्षेत्रमा करिब पाँच वर्ष अगाडिबाट सक्रिय भएको बताउँदै यसअघि पनि विभिन्न गीतहरु बजारमा ल्याइसकेको जानकारी दिए ।
प्रतिक्रिया