कोरियाबाट फर्किएका कामदारको पुनः एकीकरणमा सघाउन २५ लाख डलर सहयोग

काठमाडौं । कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) ले दक्षिण कोरियाबाट फर्किएका नेपाली आप्रवासी कामदारको पुनःएकीकरणमा सघाउन २५ लाख अमेरिकी डलर बराबरको वित्तीय सहायता उपलब्ध गराउने भएको छ ।

कोइकाले आज जारी गरेको विज्ञप्ति अनुसार कोरियबाट स्वदेश फर्किएका आप्रवासीको पुनःएकीकरणका लागि चरणगत सहयोग प्रणाली सुदृढीकरण परियोजना कार्यान्वयन गर्न उक्त रकम प्रदान गरिएको हो ।

कोरियाबाट फर्किएकाहरुलाई वित्तीय समस्या हुन नदिन तथा उनीहरुलाई उद्यममा व्यस्त राख्न कोरियामा आर्जन गरेको सीप र अनुभवलाई उपयोग गरी स्थानीय आर्थिक विकासमा टेवा पुर्याउनु परियोजनाको लक्ष्य हो ।

प्रतिक्रिया