
काठमाडौं । गण्डकी प्रदेश सरकारका नवनियुत्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
बुधबार गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । नवनियुक्त मन्त्रीहरू नेपाली कांग्रेस र नेकपा एमालेका हुन् । गण्डकी प्रदेशमा कांग्रेस र एमालेको सरकार रहेको छ ।
नवनियुक्त मन्त्रीमा कांग्रेसबाट जित शेरचन आर्थिक मामिलामन्त्री, नन्दप्रसाद न्यौपाने उर्जा तथा खानेपानी मन्त्री, रेखा गुरुङ सामाजिक विकासमन्त्री र नम्दु गुरुङ वन तथा वातावरणमन्त्री नियुक्त भएका हुन् ।
त्यस्तै, एमालेबाट गोविन्दबहादुर नेपाली भौतिक पूर्वाधार विकासमन्त्री, यशोदा रिमाल उद्योग तथा पर्यटनमन्त्री, लक्ष्मण पाण्डे कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री र भीम कार्की स्वास्थ्यमन्त्री बनेका छन् ।












प्रतिक्रिया