
काठमाडौं । पूर्वप्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय हित, विधिको शासन र सामाजिक सद्भाव अभिवृद्धिका लागि सबै मिलेर अघि बढ्नुपर्ने बताएकी छन्।
नयाँ वर्ष २०८३ को अवसरमा शुभकामना दिँदै उनले सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गरेकी हुन् ।
पूर्वप्रधानमन्त्री कार्कीले बितेका अनुभवहरुबाट सिक्दै आगामी दिनलाई अझ उज्यालो, न्यायपूर्ण र समृद्ध बनाउन सफलता मिलोस् भनी शुभकामना व्यक्त गरेकी छन् ।
प्रतिक्रिया