
काठमाडौं । यामाहाको नेपालस्थित आधिकारिक वितरक एम.ए.डब्लू राइड्सले काठमाडौंको भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’ आयोजना सुरु गरेको छ। हिजोबाट सञ्चालित यो एक सातासम्म सञ्चालन हुने छ ।यस कार्यक्रममा पहिलो दिन हिजो यामाहाको नयाँ मोडल ‘एफजेड–एस न्यू जेन’ सार्वजनिक गरिएको थियो ।
यस वर्षको ब्लु फेस्टमा ‘एक्सचेन्ज कार्निभल’लाई विशेष आकर्षणका रूपमा प्रस्तुत गरिएको छ। कार्यक्रममा ५० भन्दा बढी रिकन्डिसन हाउसहरूको सहभागिता रहेको एम.ए.डब्लू राइड्सले बताएको छ ।
। ग्राहकहरूले आफ्नो पुरानो जुनसुकै ब्रान्डको मोटरसाइकलको तत्काल (‘अन–द–स्पट’) मूल्यांकन गराई नयाँ यामाहा मोटरसाइकल खरिद गर्न सक्ने व्यवस्था गरिएको आयोजकले जनाएको छ।
सो फेस्ट वैशाख ५ गतेसम्म सञ्चालन हुने छ ।




प्रतिक्रिया