कुन रोगलाई कुन विधि उपयुक्त हुन्छ त्यसलाई सम्बन्धित विषयज्ञाताले मात्र जान्ने कुरो हो । समस्या नबुझी रोगको अवस्था नहेरी अज्ञान र अल्पज्ञानले फिजियोथेरापी गर्दा रोगहरू झनै जटिल हुने भएकाले बुझेर वा विज्ञको परामर्शमा गर्नुपर्ने बताइन्छ ।

जब मान्छेको स्वास्थ्यमा समस्याहरू देखिँदै जान्छन् त्यसका उपाय पनि निस्कँदै जान्छन् । स्वास्थ्य विज्ञानले हरेक समस्याको समाधान ढिलो चाँडो निकाल्दै आएको छ । त्यसैमध्येको एक हो, फिजियोथेरापी । यसलाई भौतिक चिकित्सा अर्थात वैज्ञानिक आधुनिक चिकित्सा पद्धति पनि भनिन्छ । यसको उपचार पद्धति साइड इफेक्टबिना मानव शरीरका विभिन्न अंग तथा प्रणालीहरूमा गरिन्छ । नशा, मांसपेसी, हाडजोर्नी, स्नायु, श्वासप्रश्वास, रक्तसञ्चार आदिमा आउने समस्या वा क्षतिलाई विभिन्न आधुनिक विद्युतीय तथा अन्य उपकरण, शारीरिक व्यायाम, जीवनशैली सुधार आदिको प्रयोग गरिन्छ । यो पद्धतिबाट उपचारपछि पहिलेजस्तो स्वतन्त्र जीवनशैली वा कार्यशैलीमा फर्काउने, जीवनस्तरमा सुधार ल्याउने र समुदायमा शारीरिक पुनःस्थापना गराउने कार्य गरिन्छ ।
स्वास्थ्य उपचारका विधि रोगअनुसार धेरैथरीका हुन्छन् । रोगको प्रकृति र उपचार गर्ने विधि एउटै हुँदैन । विज्ञका अनुसार फिजियोथेरापी गर्ने तरिका पनि फरक फरक छ । समस्या नबुझी रोगको अवस्था नहेरी अज्ञान र अल्पज्ञानले फिजियोथेरापी गर्दा रोगहरू झनै जटिल हुने बताइन्छ । सामान्यतया फिजियोथेरापी मेसिनको सहायताले वा शारीरिक कसरतबाट रोग निदान गर्ने तथा पीडा कम गर्न सघाउने उपचार विधि हो । फिजियोथेरापीको मुख्य काम भनेको मानिसलाई सक्रिय बनाउनु, क्रियाशील बनाउनु, रोगीको अवस्थालाई पुरानै जीवनशैलीमा ल्याउन मद्दत गर्नु हो । कतिपय अवस्थामा एउटा रोगको कारणले शरीरका विभिन्न अंगमा असर पारिरहेको हुन्छ । जसले गर्दा मानिसको जीवनशैलीमा नकारात्मक असर पुर्याइरहेको हुन्छ । औषधिको प्रयोगविना विभिन्न तरिकाबाट गरिने थेरापीलाई फिजियोथेरापी भनिन्छ ।
अर्थोपेडिक फिजियोथेरापीमा हाडजोर्नी तथा नसासम्बन्धी समस्याको उपचार गरिन्छ । काम गर्ने तरिका नमिलेर कमजोर भएका मासंपेसीको उपचार, हड्डी च्यापिएका, क्याल्सियमको कमीका कारण हड्डी बांगिएको, हड्डी कमजोर भएका बिरामीका लागि यो विधि अपनाउने गरिएको विज्ञ बताउँछन् ।
०००
के हो फिजियोथेरापी ?
सामान्य भाषामा थेरापीको अर्थ उपचार भन्ने बुझिन्छ । व्यायाम वा मेसिनको माध्यमबाट शारीरिक उपचार गर्नु फिजियोथेरापी हो । हाडजोर्नीसम्बन्धी अर्थोपेडिक फिजियोथेरापी, नशासम्बन्धी न्युरो फिजियोथेरापी, खेलकुदसँग सम्बन्धित स्पोट्र्स फिजियोथेरापी, मुटुसँग सम्बन्धित कार्डियो एन्ड पल्मोनरी फिजियोथेरापी, वृद्धवृद्धासँग सम्बन्धित जेरियाट्रिक र बालबालिकासँग सम्बन्धित पेडियाट्रिक गरी विभिन्न किसिमका थेरापी हुन्छन् ।
फिजियोथेरापी औषधि विज्ञानको महत्वपूर्ण भाग हो । विज्ञका अनुसार भौतिक चिकित्सा विज्ञान पद्धतिद्वारा यसको उपचार गरिन्छ । जसमा औषधिको प्रयोगभन्दा पनि शरीरका जोर्नीहरू, चिसो–तातोको प्रयोग तथा मांसपेसीका तन्तुलाई चलाएर उपचार गरिन्छ । फिजियोथेरापी हड्डी खिइएको दुःखाइ कम गर्न, ब्याकपेन कम गर्न, मसल टाइट हुँदाको समस्याबाट मुक्त हुन र अन्य लिगामेन्ट लगायतका समस्याका समाधानका लागि उपयुक्त उपचार विधि हो ।
स्वास्थ्य उपचारका विधि रोगअनुसार धेरैथरीका हुन्छन् । रोगको प्रकृति र उपचार गर्ने विधि एउटै हुँदैन । कुन रोगलाई कुन विधि उपयुक्त हुन्छ त्यसलाई सम्बन्धित विषयज्ञाताले मात्र जान्ने कुरो हो । समस्या नबुझी रोगको अवस्था नहेरी अज्ञान र अल्पज्ञानले फिजियोथेरापी गर्दा रोगहरू झनै जटिल हुने भएकाले बुझेर वा विज्ञको परामर्शमा गर्नुपर्ने बताइन्छ ।
फिजियोथेरापीले शरीरका विभिन्न अंग तथा प्रणालीहरू नशा, मांसपेसी, हाडजोर्नी, स्नायु, श्वासप्रश्वास, रक्तसञ्चार आदिमा आउने समस्याको उपचार गरिन्छ । यो पद्धतिमा विभिन्न आधुनिक विद्युतीय तथा अन्य उपकरण, शारीरिक व्यायाम, जीवनशैली सुधार आदिको प्रयोग गरी पहिलेजस्तो स्वतन्त्र जीवनशैली वा कार्यशैलीमा फर्काउने, जीवनस्तरमा सुधार ल्याउने र समुदायमा शारीरिक पुनःस्थापना गराउने कार्य गरिन्छ ।

००००
कस्ता व्यक्तिमा समस्या हुन्छन ?
-कार्यालयमा कम्प्युटरमा काम गर्ने व्यक्ति ।
-सवारी चालक, धेरैबेर निहुरिएर काम गर्ने ।
-मोटरसाइकल चलाउने, गृहिणी र गहुँगो झोला बोक्ने ।
-बच्चाको हाडजोर्नी र स्नायुमा समस्या देखिने गरेको छ ।
-अधिकांश समय एउटै पोजिसनमा बसेर काम गर्ने ।
-फिजियोथेरापीबाट उपचार हुने रोग तथा समस्या ।
-ढाड, कम्मर, गर्दन दुख्ने समस्या ।
हाडजोर्नी तथा नशासम्बन्धी समस्या (नशा च्यापिनु, जोर्नी खिइनु, हाडजोर्नी बांगो हुनु)
प्यारालाइसिस तथा अन्य स्नायु प्रणालीका समस्या (प्यारालाइसिस भएर हड्डी बांगिनु वा नचल्नु)
मेरुदण्डसम्बन्धी समस्या ।
मांसपेसीसम्बन्धी समस्या ।
श्वासप्रश्वाससम्बन्धी समस्या ।
प्रजनन तथा अन्य स्त्रीरोगसम्बन्धी समस्या ।
बालबालिकाको ढिलो शारीरिक विकास तथा अन्य शारीरिक समस्या ।
खेलकुदबाट उत्पन्न हुने चोट तथा समस्या ।
हाड भाँचिएपछि जाम तथा विकृत हुने समस्या ।
जन्मजात वा चोटपटकबाट अपांग हुनु ।
रोगका कारण मुखको हड्डी नचल्नु ।
फिजियोथेरापी उपचारका फाइदा
-उपचारपछि नकारात्मक असर (साइड इफेक्ट) नहुने ।
-बिरामीको शारीरिक क्षमतामा वृद्धि हुने ।
-दुःखाइ कम गरी सक्रिय जीवनशैलीमा फर्काउन मद्दत गर्ने ।
-अपांगता वा अशक्तता कम गरी स्वतन्त्र जीवनशैली तथा कार्यशैलीमा फर्काउने ।
-समुदायमा शारीरिक रुपमा पुनःस्थापना गराउने ।
-विभिन्न शारीरिक समस्या आउन नदिन सजग गराउने ।
-शारीरिक समस्यालाई सरल तवरले नियन्त्रण गर्न सावधानीका उपायहरू बताउने ।
-स्वस्थ्य व्यक्तिलाई शारीरिक समस्या आउन नदिन सही तवरले कार्य गर्न उपाय सिकाउने । तथा शारीरिक जाँच गरी तरिकामा सुधार ल्याउने ।
०००
सबैभन्दा पहिले फिजियोथेरापी के हो भनेर बुझ्न जरूरी हुन्छ । फिजियोथेरापी रिह्याबिलिटेसनको एउटा पाटो पनि हो । फिजियोथेरापीभित्र रोकथाम, उपचार र लामो समयका लागि रिह्याबिलिटेसन पर्छ । सबैभन्दा पहिले कुनै पनि रोग लाग्नुभन्दा अगाडि त्यो रोग लाग्न नदिन शारीरिक व्यायामहरूको माध्यमबाट गरिने उपचारलाई प्रिभेन्टिभ फिजियोथेरापी भनिन्छ । जस्तै, खेलमा विभिन्न प्रकारका समस्याको रोकथाम गर्न व्यायाम गरिन्छ । त्यस्तै गर्भावस्थामा आमाहरूले पनि व्यायाम गर्ने गर्छन्, जसले गर्दा बच्चा स्वस्थ जन्मियोस् र गर्भसँग सम्बन्धित कुनै समस्या नहोस् ।
यस पद्धतिमा उपचार गर्नका लागि कुनै दुःखाइका कारण बिरामी आएमा त्यसलाई कसरी उपचार गर्ने भन्ने विषय आउँछ । त्यसका लागि विभिन्न प्रकारका परीक्षण र अनुसन्धान गरिन्छ । कुन ठाउँमा समस्या भइरहेको छ भन्ने पत्ता लगाएर त्यसको उपचार गरिन्छ । फिजियोथेरापीको उपचार समस्याको पहिचानमा आधारित हुन्छ । रोगको पहिचान भएपछि मात्र कुन प्रकारको फिजियोथेरापी गर्ने भनेर निर्धारण गरिने विज्ञ बताउँछन् ।
यसमा व्यायाम नै मुख्य हुन्छ । केही व्यायाम चिकित्सकको प्रत्यक्ष निगरानीमा गरिन्छ भने केही घरमै पनि गर्न सकिन्छ । तर घरमा पनि चिकित्सकको सल्लाहअनुसार नै व्यायाम गर्नुपर्छ । अर्को विधि इलेक्ट्रोथेरापी हो, जसले दुःखाइ व्यवस्थापनमा ठुलो भूमिका खेल्छ । अहिले अत्याधुनिक प्रविधिहरू पनि आएका छन्, जसमा रोबोटिक टेक्नोलोजीमार्फत पनि फिजियोथेरापी गराउन सकिन्छ ।
यदि बिरामीमा सुगर भएमा उसले सधैँ इन्डोक्राइनोलोजिस्टसँग परामर्श लिनुपर्ने विज्ञ बताउँछन् । त्यस्तै केही रोगहरूमा फिजियोथेरापी पनि आवश्यक हुन्छ । जस्तै, पार्किन्सन रोगमा औषधि मात्रले पुग्दैन, शारीरिक जटिलताको रोकथामका लागि नियमित फिजियोथेरापी गरिरहनुपर्छ । यसका लागि फिजियोथेरापिस्टको अनुगमन आवश्यक हुन्छ, जुन दीर्घकालीन रिह्याबिलिटेसन हो ।
फिजियोथेरापी क्यान्सर, नसासम्बन्धी समस्या, हाडजोर्नी, फोक्सो र मुटुका बिरामीका लागि उपयोगी हुन्छ । साथै, बच्चा र गर्भवती महिलाका लागि पनि यो लाभदायक मानिन्छ । फिजियोथेरापी गराउने बिरामीमध्ये ढाड दुःखाइ र स्ट्रोकका बिरामीहरू धेरै हुन्छन् । फिजियोथेरापी गर्दा केही कुरामा ध्यान दिन जरूरी छ, किनकि यो आफैँमा एउटा उपचार पद्धति हो र फिजियोथेरापिस्टबाटै गरिनुपर्ने हुन्छ । इलेक्ट्रिक थेरापीले जाम भएको मासुलाई चलाउने काम गर्छ । यसले बिस्तारै दुःखाइ कम गर्छ ।
कतिपय अवस्थामा बिरामीहरूले फिजियोथेरापीलाई साधारण शारीरिक व्यायाम जस्तै ठानेर आफैँ गर्न सकिन्छ भन्ने सोच्छन्, तर यो गलत हो । फिजियोथेरापीलाई हल्का रूपमा लिनु नहुने विज्ञको सुझाव छ ।
०००
फिजियोथेरापी पद्धति लोकप्रिय बन्दै छ : नेहा कार्की, फिजियोथेराफिस्ट

अहिले मान्छेमा नशा, हड्डी खिइने र मासु च्यापिने जस्ता समस्या व्यापक रहेकाले फिजियोथेरापी उपचार पद्धती निकै नै लोकप्रिय र प्रभावकारी छ । यो धेरै मान्छेका लागि आवश्यक बनेको छ ।
फिजियोथेरापी भनेको उपचार पद्धति हो । यसबाट कुनै पनि दुःखाइको उपचार गरिन्छ । तर, यो पद्धतिमा औषधिको प्रयोग गरिन्न । यो बिरामीको अवस्था हेरेर गरिन्छ । कस्तो अवस्था छ त्यसै अनुसारको थेरापी गरिन्छ । थेरै दुःखाइ भएमा पहिला दुःखाइ कम गरिन्छ अनि मात्रै थोरापी गरिन्छ । यो पद्धतिमा पुरै एक्सरसाइज गर्न पर्ने भएकाले बिरामीको अवस्था हेरेर गरिन्छ । एक्सरसाइजले हातखुट्टा चलाउन सहयोग पु¥याउँछ । यसले शरीरलाई चलायमान बनाउने हो ।
अर्को कुरा बिरामीको समस्या के छ । दुःखाइले आएको बिरामी हो कि ? नशा च्यापिएको हो कि ? प्यारालाइसिस भएको बिरामी हो कि ? वा अरू के कस्ता समस्या छन् त्यसका आधारमा उपचार गरिन्छ । यसको काम भनेको हड्डी वा नशामा भएको समस्यामा अझ क्षति हुन नदिने र सकेसम्म पुरानै अवस्थामा फर्काउने हो । अर्को कुरा भनेको यो पद्धतिबाट उपचार गरेपछि बिरामीको दुःखाइ कम गराउने पनि हो । यसमा अवस्था हेरेर औषधि पनि सँगै चलाउने पनि हुन सक्छ । तर, थेरापी गर्दा भने औषधिको प्रयोग हुँदैन ।
यो खास गरेर मासु, हड्डी र नशासम्बन्धी समस्या भएका बिरामीलाई गरिन्छ । जस्तो नशाका कारण मासुमा समस्या भएकालाई, हड्डी खिइएर समस्या भएकाको उपचार गरिन्छ । अर्को कुरा कहिलेकाहीँ सुगरका कारण नशालाई हानेको कारण हात खुट्टा चल्न छोड्छ । त्यस्तो बिरामीको उपचार गरिन्छ । यो कुनै पनि उमेरको मान्छेका लागि उपचार गरिन्छ । जस्तो कुनै बच्चामा जन्मँदै पनि समस्या भएको हुन्छ । त्यस्ता बच्चालाई पनि फिजियोथेरापी गरिन्छ । यसमा कुनै उमेर वा अरू केही भन्ने हुँदैन ।
थेरापी गर्ने बिरामीको अवस्था भने राम्रोसँग हेर्नुपर्ने हुन्छ । जस्तो मुटुको समस्यामा थेरापी गरिन्न । त्यो भनेको अवस्था हेरेर गरिने विभिन्न एक्सरसाइज हो । अर्को भनेको इलेक्ट्रिकथेरापी भन्ने हुन्छ । यसमा चाहिँ इलेक्ट्रिक करेन्टलाई मोडिफाइ गरेर बनाएको मेसिन हुन्छ । त्यसको प्रयोग गरेर गरिने विधि हो । त्यसका लागि पनि बिरामीको अवस्था र थेरापी गर्ने भागमा भर पर्छ । त्यो पनि दुःखाइ कम गर्नका लागि प्रयोग गर्ने हो ।
समग्रमा भन्दा अहिले मान्छेमा नशा, हड्डी खिइने र मासु च्यापिने जस्ता समस्या व्यापक रहेकाले फिजियोथेरापी उपचार पद्धती निकै नै लोकप्रिय र प्रभावकारी छ । यो धेरै मान्छेका लागि आवश्यक बनेको छ ।
प्रतिक्रिया