
धनकुटाको महालक्ष्मी नगरपालिका – ४ सिकरकटेरीका किसान डिकबहादुर कटुवालले फलाएको फर्सी । असोजतिर फलेको फर्सी उनले गोठमा सुरक्षित भण्डारण गरी राखेका छन् । सर्वगुण सम्पन्न फर्सी बहुउपयोगी तरकारी मानिन्छ । फर्सी उसिनेर फलहार र खाजा तथा तरकारीको रूपमा खाने चलन छ । अहिले फर्सी प्रतिकिलो ६० रुपैयाँमा बिक्री हुने गरेको छ । रोग प्रतिरोधात्मक क्षमता अधीक हुने फर्सीमा भिटामिन इ र सी पाइन्छ। यसको बियाँमा भिटामिन, प्रोटिन, जिङ्क, ट्रीप्टोफ्यान, म्याग्नेसियम, सेलेनियम, क्याल्सियम लगायत मानव शरीरलाई आवश्यक पोषक तत्व पाइन्छ ।
तस्वीर : राजेन्द्र गौतम / सौर्य दैनिक


प्रतिक्रिया