
महोत्तरी । बर्दिबास उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनमा दिपक बहादुर कार्की नेतृत्वको प्यानलले पूर्ण विजयी हासिल गरेको छ । निकटतम प्रतिद्वन्द्वी उत्तम कुमार श्रेष्ठ नेतृत्वको प्यानललाई पराजित गर्दै कार्की प्यानलले सबै पदमा जित हासिल गरेको हो ।
निर्वाचनमा कार्की प्यानलले ‘डमरु’ र श्रेष्ठ प्यानलले ‘कलश’ चुनाव चिन्ह लिएका थिए । कुल १ हजार ४१६ मत खसेको निर्वाचनमा अध्यक्ष पदका लागि दिपक बहादुर कार्कीले ८२८ मत प्राप्त गर्दै विजयी भए भने उनका प्रतिस्पर्धी उत्तम कुमार श्रेष्ठले ५५७ मत पाए ।
त्यस्तै प्रथम उपाध्यक्षमा रञ्जित राज ढुंगानाले ८४९ मत, द्वितीय उपाध्यक्षमा रामनाथ साहले ७४३ मत र महिला उपाध्यक्षमा ज्ञानु बलम्पाकी आलेले ७६९, महासचिवमा केदार गौतमले ८१७ मत, कोषाध्यक्षमा सुरेन्द्र राज लामाले ७२९ मत र सचिवमा रिमनाथ अधिकारी ७०० मत मत प्राप्त गर्दै विजयी भएका छन् । उनीहरु सवै कार्की प्यानलका हुन् ।
सह–कोषाध्यक्ष (महिला) पदमा भने संगम कुमारी आले ८२९ मतसहित विजयी भएकी छन् । आरक्षित सदस्य सहित १९ वटा पदमा भएको निर्वाचनमा सदस्य पदमा समेत कार्की प्यानलले नै बर्चस्व कायम गरेको छ ।
महिला सदस्यतर्फ संगीता यादवले ७४६ मत, सुनिता कुमारी साहले ७३४ मत, रेणु कुमारी पाँचेले ७५५ मत र तृष्णा श्रेष्ठले ७६९ मत प्राप्त गरेर विजयी भएको प्रमुख निर्वाचन अधिकृत बिष्णु कार्कीले जानकारी दिए ।
पुरुष सदस्यतर्फ भने राम एकवाल महतो (७४९), प्रज्जवल बस्नेत (७९६), नसिफ नदाफ (६८७), वीर बहादुर पौडेल (७५३) र जुक बहादुर समाल (६९३) निर्वाचित भएका छन् ।
प्रतिक्रिया