
काठमाडौँ । पश्चिम एसियामा पछिल्लो समय विकसित भू-राजनीतिक तनावका कारण पेट्रोलियम पदार्थ र ग्यासको विश्वव्यापी अभाव देखिन थालेको छ । यसको प्रत्यक्ष असर छिमेकी मुलुकहरू भारत, बंगलादेश र पाकिस्तानमा परिसकेको छ भने नेपालमा पनि क्रमशः यसको प्रभाव देखिन थालेको हो ।

नेपाल आयल निगमले मुलुकमा पेट्रोलियम पदार्थ र ग्यासको मौज्दात पर्याप्त रहेको र अभाव नभएको दाबी गर्दै आएको छ । यद्यपि, बजारमा भने ग्यास विक्रेता (डिपो) हरूले कृत्रिम अभाव सिर्जना गर्न थालेपछि उपभोक्ताहरू मारमा परेका छन् ।
बाहिरी डिपोहरूमा ग्यास पाउन छाडेपछि यतिबेला काठमाडौँको बालाजु औद्योगिक क्षेत्रभित्र रहेको नेपाल ग्यास उद्योगको वितरण कक्षमा ग्यास लिन आउने सर्वसाधारणको सयौँ मिटर लामो लाइन देखिन थालेको छ ।

रित्तो सिलिन्डर बोकेर लाइनमा बसेका एक उपभोक्ताका अनुसार, ‘स्थानीय डिपोहरूले ग्यास छैन भन्दै फर्काउन थालेपछि बाध्य भएर उद्योगकै मुख्य वितरण केन्द्रसम्म आउनुपरेको हो ।’ बजारमा ग्यासको लुकाछिपी सुरु भएपछि भविष्यमा थप संकट हुनसक्ने डरले पनि उपभोक्ताहरू अहिले नै जोहो गर्न तर्फ लागेका छन् ।
तस्बिर : नेपाल फोटो लाइब्रेरी








प्रतिक्रिया