श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ

सिन्धुली । आफ्नै श्रीमती ४६ वर्षीया रिता राईको हत्या गरेको अभियोगमा हरिहरपुरगढी गाउँपालिका–३ रानीपानी बस्ने ४५ वर्षीय जिते भन्ने बिर बहादुर राईलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

आफ्नै घरमा बिर बहादुरले बन्चरो प्रहार गर्दा रिताको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी हरिहरपुरगढीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया