कृषि विकास बैंकद्वारा ‘साम्बा’को उपचारका लागि १० लाख रुपैयाँ सहयोग

काठमाडौँ । कृषि विकास बैंक लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ लाई उपचारका लागि १० लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।

फुटबल खेल्ने क्रममा घुँडामा लागेको गम्भीर चोटको जटिल शल्यक्रियाका लागि साम्बाले सार्वजनिक रूपमा आर्थिक सहयोगको आह्वान गरेकी थिइन् । सोही अपिललाई सम्बोधन गर्दै बैंकले मङ्गलबार साम्बालाई उक्त रकम हस्तान्तरण गरेको हो ।

बैंककी ‘ब्रान्ड एम्बेसडर’समेत रहेकी साम्बालाई घुँडाको जटिल शल्यक्रिया र फिजियोथेरापी लगायतका पुनःस्थापना कार्यका लागि सहयाेग गरिएकाे बैंकले जनाएकाे छ ।

प्रतिक्रिया