
चितवन । सूर्यज्योति लाइफ इन्स्योरेन्सले आफ्ना देशभरका शाखा कार्यालयमा कार्यरत ‘ब्रान्च अपरेसन’ कर्मचारीहरूलाई एउटै छातामुनि भेला गरी सेवा उत्कृष्टता र अनुपालनसम्बन्धी बृहत् तालिम आयोजना गरेको छ । उक्त कार्यक्रम चितवनमा सम्पन्न भएको हो ।
कार्यक्रममा देशभरिका २०० जना ब्रान्च अपरेसन कर्मचारीहरू, विभागीय प्रमुखहरू, कार्यकारी अधिकृतहरू, नायब प्रमुख कार्यकारी अधिकृत, प्रमुख कार्यकारी अधिकृत र सञ्चालक समिति सदस्यहरूको उपस्थिति थियो । साथै, प्रशिक्षकका रूपमा बैंकिङ तथा बिमाविज्ञ मनोजकुमार भट्टराई र नेपाल बिमा प्राधिकरणका उपनिर्देशक पदमप्रसाद सोडारी सहभागी थिए ।
तालिमका क्रममा नेपाल बिमा प्राधिकरणका उपनिर्देशक पदमप्रसाद सोडारीले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी विस्तृत प्रशिक्षण दिए, भने बैंकिङ तथा बिमा विज्ञ मनोजकुमार भट्टराईले सेवा उत्कृष्टतासम्बन्धी सत्र सञ्चालन गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले सूर्यज्योति लाइफको शाखा कार्यालयमा अहोरात्र खटिने ब्रान्च अपरेसन कर्मचारीहरू नै कम्पनीका वास्तविक ‘सेवा दूत’ भएको बताए । यस्तै, कम्पनीका सञ्चालक हेमन्त नहाटाले कम्पनीले डिजिटलीकरणमा ठुलो फड्को मारेको र अब आर्टिफिसियल इन्टेलिजेन्सतर्फ जाने तयारी गरिरहेको जानकारी दिए ।
प्रतिक्रिया