
काठमाडौँ । महानगर यातायात प्रालिले आफ्नो सेवा काठमाडौँ उपत्यकाबाहिर विस्तार गरेको छ । कम्पनीले शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा पोखरा, चितवन जिल्ला र भैरहवामा २० वटा विद्युतीय माइक्रोबसमार्फत सेवा सुरू गरिएको जानकारी दिएको हो ।
कम्पनीका अध्यक्ष सन्तोष खतिवडाले यात्रुको मागअनुसार बस सङ्ख्या क्रमशः बढाउँदै लैजाने तथा अन्य शहरमा समेत सेवा विस्तार गर्ने योजना रहेको बताए । उनले छिट्टै काठमाडौंलाई अन्य प्रमुख शहरसँग सहज रूपमा जोड्ने गरी ठूला विद्युतीय बस सञ्चालनमा ल्याउने तयारी भइरहेको पनि जानकारी दिए ।

त्यसैगरी, निकट भविष्यमा कम्पनीलाई पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण गर्ने योजना रहेको समेत उनले उल्लेख गरे । १० वर्षदेखि काठमाडौँमा सेवा दिँदै आएको कम्पनीले यसअघि १०१ वटा बसमार्फत सेवा सञ्चालन गर्दै आएको थियो । कम्पनीका बसहरू काठमाडौँको चक्रपथ क्षेत्रमा तथा थानकोटदेखि धुलिखेलसम्म सञ्चालन हुँदै आएका छन् ।
प्रतिक्रिया