
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारका एकैदिन सुन प्रतितोला ९ हजार २ सय रुपैयाँ बढेर सुनको भाउ प्रतितोला ३ लाख १ हजार ४०० रुपैयाँ पुगेको हो । बिहीबार प्रतितोला २ लाख ९२ हजार २ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमै सुनको भाउ बढ्दा नेपाली बजारमा प्रभाव परेको हो । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔंस ४ हजार ९५० अमेरिकी डलर नाघेको छ ।
त्यस्तै चाँदीको भाउले तोलामा ६ हजार नाघेको छ । आज महासंघले चाँदीको भाउ प्रतितोला ६ हजार १९० रुपैयाँ तोकेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा ३२० रुपैयाँ बढी हो । हिजो चाँदी ५ हजार ८७० रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया