शोक बिर्सिंदै ईशा

मुम्बई । अभिनेत्री ईशा देओल यतिबेला दिवंगत अभिनेता पिता धर्मेन्द्रको शोकबाट बाहिर निस्किँदै छिन् । केही दिनअघि उनले आमा हेमा मालिनीका साथ धर्मेन्द्रको प्रार्थनासभा राखेकी थिइन् । ईशाले शुक्रबार सामाजिक सञ्जालबाट केही समयका लागि ब्रेक लिँदै पुनः व्यावसायिक जीवनमा फर्किने घोषणा गरेकी छिन् । उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा एक पोस्ट सेयर गर्दै यो घोषणा गरेकी हुन् । ‘मैले केही कामको प्रतिबद्धता लामो समयदेखि रोकिरहेकी थिएँ । जुन कामबारे आउने दिनमा तपाईंहरू समग्र जानकारी दिनेछु । कृपया मलाई एक मानिसका रूपमा एक छोरीका रूपमा हेर्नुहोला, जो अहिले पनि आफ्नो प्रिय पितालाई गुमाएको दुःखसँग गुज्रिरहेकी छिन्,’ उनले लेखेकी छिन् ।

उनले अगाडि लेखेकी छिन्, ‘यो एक क्षति हो, जसलाई म पुनः प्राप्त गर्न सक्दिनँ । यदि सबै कुरा मेरै हिसाबले हुने हो भने केही समयका लागि म यो सञ्जालबाट ब्रेक लिन चाहन्छु । तर, म यो गर्न चाहन्नँ । त्यसकारण कृपया दयालु र कुरा बुझ्ने बन्नुहोला । तपाईंहरूको मायाका लागि धन्यवाद ।’

प्रतिक्रिया