
काठमाडौं । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले पत्रकार तथा सञ्चारकर्मीहरुको क्षेमता अभिवृद्धिका लागि प्रशिक्षण कार्यक्रमको आयोजना गर्ने भएको छ । उक्त प्रशिक्षण कार्यक्रम यही पुस २ र ३ गते सिन्धुपाल्चोकस्थित सुकुटे बीचमा हुने भएको हो । वरिष्ठ साहित्यकार डा। नवराज लम्साल र वरिष्ठ पत्रकार राजेन्द्र बानियाँले प्रशिक्षण दिने भएका हुन् ।
उक्त कार्यक्रमको लागि करिब तयारी पूरा भइसकेको कार्यक्रम संयोजक तथा लोक सञ्चारकर्मी नेपालका उपाध्यक्ष हरिप्रसाद दुलालले जानकारी दिए । लोक सञ्चारकर्मी नेपालका केन्द्रीय पदाधिकारी, उपत्यकालगायत विभिन्न शाखा तथा संस्थामा आवद्ध पदाधिकारीहरुको सहभागितामा उक्त कार्यक्रम हुन लागेको हो ।
साथै, नेपालका धेरै मिडिया सञ्चालकहरुको पनि सहभागिता रहने गरी कार्यक्रम हुन लागेको संयोजक दुलालले बताए । कार्यक्रम एक ऐतिहासिक र वृहत् बनाउनका लागि तथा नेपाली मौलिक लोक संस्कृति संरक्षण र यसको बचाउका लागि पनि पत्रकारले खेल्नुपर्ने भूमिकामाथि ठूलो बहस हुने संयोजक दुलालले बताए ।
यी विषयमा प्रशिक्षण नभएर पनि राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले कार्यक्रमको आयोजना गरेको उनको भनाई छ । सिन्धुपाल्चोकको सुकुटे रिभरफन बीच रिसोर्ट सुकुटेमा आयोजना हुने सो कार्यक्रममा मुख्य प्रायोजक नेपाटेक मार्ट रहेको छ भने गोकर्णेश्वर नगरपालिका– ५ र ६ वडा कार्यालय जोरपाटी, काठमाडौं, इन्द्रेणी सांस्कृतिक विकास केन्द्र र साेफा हब पनि सहयोगी संस्थाका रूपमा आवद्ध छन् ।
प्रतिक्रिया