पेन्सिलभेनियामा अन्तर्राष्ट्रिय नेपाली गीतकार संघको अधिवेशन

काठमाडौँ । अन्तर्राष्ट्रिय नेपाली गीतकार संघ(इन्ला), अमेरिकाको दोस्रो वार्षिक अधिवेशन आगामी २९ मार्च, २०२६ मा पेन्सिलभेनिया राज्यको ल्यान्कास्टरमा हुने भएको छ । संघका अध्यक्ष हरि उप्रेतीका अनुसार अधिवेशनको संयोजन तथा व्यवस्थापन स्थानीय नेपाली साहित्यिक संस्था साहित्य कला संगमले गर्नेछ ।
अधिवेशनमा संघको वार्षिक गतिविधि र आर्थिक गतिविधिमाथि छलफलसँगै भावी कार्यायोजना प्रस्तुत गरिनेछ । साहित्य कला संगमद्वारा तयार पारिएको विभिन्न साहित्यिक एवं सांस्कृतिक कार्यक्रमसहित संस्थाको बारेमा अन्तरक्रिया गरिने कार्यक्रम पनि रहनेछ ।

संघले प्रथम अधिवेशनदेखि नै गीत रचनामा योगदान पु¥याउने १ जना गीतकारलाई १ हजार अमेरिकी डलरसहित ‘इन्ला–ज्ञानेन्द्र गदाल गीत सम्मान’ द्वारा सम्मानित गर्दै आएको छ ।

यस वर्षदेखि उक्त सम्मानलगायत नेपाल र नेपाली डायस्पोराका गीत, संगीत र गायन विधाका ६ जना उत्कृष्ठ श्रष्टालाई समेत पुरस्कार तथा सम्मान प्रदान गरिने भएको छ । संघद्वारा हरेक वर्ष अर्पण गरिने ‘इन्ला ज्ञानेन्द्र गदाल गीत सम्मान–२०२४’ पहिलोपटक गीतकार नीर शाहलाई प्रदान गरिएको थियो ।

प्रतिक्रिया