सुजन सुर्खेती र सुमित्रा पार्कीको अभिनयमा ‘उनिको स्विटर’

काठमाडौं । पत्रकार प्रकाश बराईली (अभिब्यक्ति) ले आफ्नो कोसेली स्वरुप गीत ‘उनिको स्विटर’ ल्याएका छन् । उक्त गीतको भिडियो उनको आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । गीत प्रेमिल जोडीहरुको कथामा आधारित रहेको बराईलीले बताए ।

गीतमा पत्रकार बराईलीको शब्द रहेको छ भने पार्वती विश्वकर्मा र राम परियारको स्वर रहेको छ । त्यसैगरी गायक तथा संगीतकार रमेश बिक्रम रत्नको संगीत, रमेश सेञ्चुरीको एरेञ्ज र मनोज डंगोलको मिक्सिङ गीतमा रहेको छ ।

त्यस्तै गीतको भिडियोमा प्रकाश बराईली अभिब्यक्तिकै निर्देशन, छायांकन र सम्पादन रहेको छ भने रबिन बिकको रङ संयोजन रहेको छ । उक्त गीतको भिडियोमा सुजन सुर्खेती, सुमित्रा पार्की, शिव पराजुली लगायतको अभिनय रहेको छ ।

प्रतिक्रिया