अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आयो

चितवन । गत शुक्रबार गएको पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड आज साँझदेखि सञ्चालनमा आएको छ । तुइन खोलामा गत शुक्रबार साँझ ६ बजे आएको पहिरोका कारण अवरुद्ध भएको सडक आज साँझ ५ः३० बजेदेखि पूर्णरुपमा सञ्चालनमा आएको हो ।

डिभिजन सडक कार्यालय चितवनका प्रमुख नारायण लामिछानेका अनुसार हिजो आइतबार साँझ केही समय एकतर्फि सञ्चालनमा आएको सडक राती बन्द गरिएको थियो ।

आज सोमबार बिहानदेखि एकतर्फी रुपमा सञ्चालन गरिएको सो सडक दिउँसो १ बजेदेखि ३ बजेसम्म पूर्णरुपमा बन्द गरी पहिरो पन्छाइएको थियो ।

अझै पहिरोको जोखिम रहेकाले यात्रा गर्दा सवारी चालक र यात्रुलाई सावधानी अपनाउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।

प्रतिक्रिया