नख्खु कारागारबाट फरार सञ्जय साह टक्ला काभ्रेबाट पक्राउ

काभ्रे । वम विष्फोट घटनाका मुख्य अभियुक्त सञ्जय साह टक्ला फेरि काभ्रेबाट पक्राउ परेका छन् । उनी ललितपुरस्थित नख्खु कारागारमा जेलजीवन बिताइरहेको बेला जेन–जी आन्दोलनमा नख्खु कारागारबाट भागेका थिए ।

टक्लालाई काभ्रेबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय मंगलटारको टोलीले टक्लालाई पक्राउ गरेको हो ।

साह १८ वैशाख २०६९ मा जनकपुरको रामानन्द चोकमा ५ जनाको ज्यान जाने गरी भएको वम विष्फोट घटनाको मुख्य नाइकेको अभियोगमा उनी जेल सजाय काटिरहेका थिए । उनलाई अब कैद भुक्तानका लागि कारागार पठाउने तयारी गरिएको बताइएको छ ।

पूर्वराज्यमन्त्री समेत रहेका उनी जन्मकैदको सजाय भोग्दै आएका थिए । उनी १२ वर्षदेखि कारागारमा थिए । अदालतको आदेशमा, उनलाई जनकपुरको रेडियो टुडेका सञ्चार उद्यमी अरुण सिंहानियाको हत्या काण्डको मुख्य योजनाकार पनि मानिएको छ ।

प्रतिक्रिया