दुबईमा नेपाली उद्यमशीलताको पहिचान स्थापित गर्दै ‘कम्पनी दाई’

काठमाडौं । दुबईलाई आज विश्वव्यापी व्यापारिक केन्द्रका रूपमा चिनिन्छ जहाँ हजारौँ उद्यमीहरू आफ्नो भविष्यको सम्भावना खोज्दै आइपुग्छन् ।

यसै सन्दर्भमा GSR Group ले आफ्नी सहायक संस्था GSR Businessman Services LLC मार्फत कम्पनी रजिस्ट्रेशन र बिजनेस सेटअपका जटिल प्रक्रियालाई सहज, पारदर्शी र छिटो बनाउन निरन्तर योगदान दिँदै आएको छ । यस ग्रुपको सफलता पछाडि मनोज पोख्रेलको नाम जोडिएको छ, जसलाई सबैले माया गरेर ‘कम्पनी दाई’ भन्छन् ।

नेपाली युवाहरूलाई श्रमिक मात्र होइन, उद्यमीका रूपमा पनि स्थापित गर्न सकिन्छ भन्ने विश्वास जगाउने पोख्रेलको दृष्टि प्रशंसनीय छ । प्रायः अनुभव र मार्गदर्शनको अभावले विदेशमा व्यवसाय सुरु गर्न हिचकिचाउने नेपालीलाई यस ग्रुपले सहज बाटो देखाइदिएको छ भने, समय–समयमा ल्याइने अफरहरूले उद्यमशीलतालाई अझ प्रेरित बनाएको छ ।

कानुनी प्रक्रिया, कागजी काम र प्रशासनिक चुनौतीलाई सरल र छिटो बनाउँदै GSR Group ले नेपाली उद्यमशीलतालाई विश्व बजारमा उभ्याउन महत्त्वपूर्ण योगदान दिएको छ । श्रमका लागि मात्र विदेश जानुपर्ने सोच परिवर्तन गर्दै पोख्रेलले नेपाली युवालाई व्यवसाय गरेर पनि प्रतिष्ठा र राम्रो आम्दानी गर्न सकिन्छ भन्ने सन्देश दिइरहेका छन्, जसले भविष्यमा अझ धेरै युवालाई उद्यमशीलताको बाटोमा अघि बढ्न प्रेरित गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया