
काठमाडौं । नेपाल शिक्षक महासंघले नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगरमा आज धर्ना दिएको छ ।
पहिलो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म २ घण्टा नेकपा एकीकृत समाजवादीको पार्टी कार्यलयमा धर्ना बसेर ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम रहेको महासंघले जनाएको छ ।
आन्दोलित शिक्षक महासंघले नेपाली कांग्रेसको कार्यलय, नेकपा एमालेको कार्यालय, नेकपा माओवादीको कार्यालयमा र नेकपा एकीकृत समाजवादीको कार्यलयमा धर्ना कार्यक्रम राखेको हो ।





प्रतिक्रिया