
काठमाडौं । नेपाल शिक्षक महासंघले नेकपा एमालेको पार्टी कार्यालयमा धर्ना दिएको छ ।
पहिलो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत आज बिहान ११ः०० बजे देखि दिउसो १ः०० बजेसम्म २ घण्टा नेकपा एमालेको कार्यालय च्यासलमा धर्ना बसेर ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम रहेको शिक्षक महासंघले जनाएको छ ।
शिक्षक महासंघले हिजो बुधबार पनि नेपाली कांग्रेसको कार्यालयमा धर्ना दिएको थियो । त्यसै गरी २०८२ भदौ १३ गते नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयमा पेरिस डाँडामा धर्ना हुने महासंघले जनाएको छ ।




प्रतिक्रिया