चितवनका तिलक भट्टराईले दिए एनआरएनए यूकेको उपाध्यक्षमा उम्मेदवारी

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको उपाध्यक्ष पदका लागि चितवन स्थायी घर भएका तिलक भट्टराईले उम्मेदवारी दिएका छन् ।

लामो समयदेखि यूकेमा बस्दै आएका भट्टराईले प्रवास अर्थात यूकेमा रहेका सम्पूर्ण नेपालीहरुको हितमा काम गर्ने उदेश्यले उम्मेदवारी दिएको बताए ।

उक्त एनआरएनए यूकेको निर्वाचन आगामी २६ जुलाई (नेपाली मिति साउन १० गते शनिबार) हुने उपाध्यक्षका उम्मेदवार भट्टराईले जानकारी दिए ।

उनले आफूसँगै उपाध्यक्ष पदका लागि ५ जनाले प्रतिस्पर्धा गर्न लागेको उनले जानकारी दिए । त्यसैगरी अध्यक्ष पदका लागि ३ जनाले उम्मेदवारी दिएको भट्टराईले जानकारी दिए ।

आइतबार उनले निर्वाचन समितिको कार्यालयमा प्रत्यक्ष उपस्थित भई उम्मेदवारी दर्ता गराएका हुन् । उम्मेदवारी दर्तापछि भट्टराईले भने, ‘गैरआवासीय नेपाली संघको अभियानबाट आफू अलग रहन सक्दैन, त्यसैले अभियानमा निरन्तरता दिन उम्मेदवारी दिएको हुँ ।’

भट्टराईले नेपालबाट गएका र दुःख पाएका नेपालीलाई विशेष प्राथामिकतामा राख्ने बताए ।

यस्ता छन् उम्मेदवार भट्टराईका एजेण्डा

१)

  • राज्य समोंन्य परिसद स्कत्लैंड को स्थापना गर्दा तेस्को संयोजक

  • बिगत एक्दसक देखि NRNA मा आबद
  • NRNA को सदस्य, सचिब हुदै अहिले उपादक्ष्य को प्रत्यासी
  • एकपटक को नेपाली सदैको नेपाली भन्ने नारा लाइ आत्मसाथ गर्दै, गैर आवासीय नेपाली तथा गोर्खा हरुको उचित hakहितको लागि आवाज उठाउदै आएको साथै गैर आवासीय नागरिकता को लागि ठाउँ ठाउँ मा विभिन्न गोस्ती गरि आवाज उठाउदै आएको
  • येति नेपाली एसोसिएसन, दार्त्फोर्ड नेपाली समाज, जेन्स युके जस्ता सस्थामा जोडिएर काम गरिसकेको अनुभव

२) युनिवार्सिती अफ लन्डन बाट समाज सस्त्र मा एमफिल र बिजनेस स्टडी मा मास्टरसम्म को अध्यन

३) नेपाल चितवनमा जन्मेर तेही त्रिभुवन युनिवार्सितीबाट मास्टर डिग्री सकी बिगत डेड दसक देखि बेलायेत को बसाइ

४) बेलायेत मा प्रोपर्टी डेभ्लोपर तथा एजुकेसन बेबसयेमा आबद तथा नेपाल मा आइटी , प्रयेटन, सोलार पावर सेक्टरमा सामुहिक लगानी भित्र्याई देश र नेपाली को हित मा काम

प्रतिक्रिया