बैंकिङ क्षेत्र सुधार सुझाव समिति गठन

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंकिङ क्षेत्रको सुधारका लागि भन्दै धितोपत्र बोर्डका पूर्वअध्यक्ष डा. रेवतबहादुर कार्कीको संयोजकत्वमा अध्ययन समिति गठन गरेको छ । राष्ट्र बैंकले एक महिनाको समय तोकेर केही ‘टिओर’ सहित बैंकिङ क्षेत्र सुधार सुझाव समिति गठन गरेको हो ।

समितिमा बैंकर भुवन दहाल सदस्य र राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल सदस्य सचिव रहेका छन् । अध्ययन समितिले एक महिनाभित्र सुझावसहितको प्रतिवेदन बुझाउने कार्यादेश पाएको छ । बैंकिङ क्षेत्र सुधार गर्न उदार किसिमको बैंकिङ प्रणाली बनाउन समिति गठन गरिएको हो ।

प्रतिक्रिया