काठमाडौं । भारतबाट ब्रिटेनका लागि उड्न लाग्दा एउटा विमान दुर्घटनाग्रस्त भएको छ । एयर इन्डियाको विमान गुजरातको अहमदावादस्थित सरदार बल्लवभाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थाल नजिक दुर्घटनाग्रस्त भएको हाे ।
प्रारम्भिक जानकारीका अनुसार घटनालगत्तै अहमदावाद अग्नि तथा आपत्कालिन् सेवा कार्यालयले पाँचवटा दमकलहरु परिचालन गरिएको गुजरात समाचार अनलाइनले जनाएको छ । दुर्घटना भएको विमानमा *२४२ जना यात्रीहरु रहेको बताएको छ । दुर्घटनाको पूर्ण विवरण भने प्राप्त भइसकेको छैन ।
अहमदाबाद जोन– ४ का डीसीपी कानन देसाईले उक्त क्षेत्रमा विमान दुर्घटना भएको पुष्टि गरेका छन् । दमकलका गाडीहरू दुर्घटनास्थलमा पुगेका छन् ।
अहमदाबाद विमानस्थल टर्मिनल १ का प्रबन्धकले बताए अनुसार विमानस्थल क्षेत्र बाहिर धुवाँ देखिएको थियो, त्यसपछि अनुसन्धानका लागि सम्पूर्ण टोली घटनास्थलमा पठाइएको छ ।
यद्यपि, बाहिर आएका तस्बिरहरूमा धुवाँको बाक्लो बादल देख्न सकिन्छ । अहमदाबादका प्रहरी आयुक्त जीएस मलिकले समाचार एजेन्सी पीटीआईलाई भने, विमानस्थल नजिकैको मेघनानिगर क्षेत्रमा विमान दुर्घटनाग्रस्त भएको छ, यो कुन विमान थियो भन्ने कुरा अझै स्पष्ट छैन ।
अग्नि नियन्त्रक जयेश खाडियाले भने, विमान दुर्घटनाग्रस्त भएपछि, यसमा आगो लागेको थियो, आगो निभाउन दमकलका गाडीहरू पठाइएको छ ।
यस्तो भन्छ एयर इन्डिया
एयर इन्डियाले आफ्नो एक्स खातामा दुर्घटनाको पुष्टि गर्दै लेखेको छ, ‘अहमदाबाद–लन्डन ग्याटविक उडान गर्ने उडान नम्बर ब्क्ष्ज्ञठज्ञ आज, १२ जुन २०२५ मा दुर्घटनामा परेको थियो ।’ एयरलाइन्सले थप जानकारीको खोजी गरिरहेको र थप अपडेटहरू सकेसम्म चाँडो साझा गरिने बताएको छ ।
प्रतिक्रिया