म्याड्रिड । स्पेनलाई टाई ब्रेकरमा हराउँदै पोर्चुगलले युरोपेली नेसन्स लिगको उपाधि जितेको छ । म्युनिखमा भएको फाइनलमा स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको गोलमा पोर्चुगलले कम ब्याक गर्दै २–२ गोलको बराबरी गरेको थियो । टाइब्रेकरमा पोर्चुगल ५–३ ले विजयी भयो । पोर्चुगलका गोलरक्षक डिएगो कोस्टाले स्पेनका अल्भारो मोराटाको प्रहार बचाए लगत्तै रुबेन नेभेसले पोर्चुगलका लागि विजयी गोल गरेका थिए । सोही गोलसँगै खुसियाली मनाउने क्रममा रोनाल्डोले भुईंमा गएर छोएका थिए ।
खेलमा सन् २०२३ को विजेता स्पेनले २१औँ मिनेटमा मार्टिन जुबिमेन्डीको गोलमा अग्रता लिएको थियो । त्यसको ५ मिनेटपछि नै पोर्चुगलका न्नो मेन्डिसले बराबरी गोल गरेका थिए । मध्यान्तरअघि मिखायल ओयरजबालले स्पेनलाई दोस्रोपटक अग्रता दिलाएका थिए । पछि परेको पोर्चुगलका लागि रोनाल्डोले नजिकैको दुरीबाट गोल गरेका थिए ।
पेनाल्टी सुटआउटमा पोर्चुगलका लागि गोन्कालो रामोस, भिटिन्हा, ब्रुनो फर्नान्डेजले गोल गरे । यो जितसहित पोर्चुगल २ पटक युरोपेली नेसन्स लिग जित्ने पहिलो देश बनेको छ ।
प्रतिक्रिया