काठमाडौं । जेठ १५ र १९ गते बसेको मन्त्रिपरिषद् बैठकका १४ वटा निर्णयहरू सार्वजनिक भएको छ । उक्त मन्त्रिपरिषद् बैठकले विभिन्न चार विधेयक तर्जुमाका लागि सिद्धान्त स्वीकृत गरेको छ ।
सरकारले नेपाली सेनातर्फ एकजना प्रमुख सेनानीको महासेनानी दर्जामा बढुवा गरेको छ । १० जना महासेनानीहरूको सरुवा गर्ने र एकजना महासेनानीको राजीनामा स्वीकृत गर्ने निर्णय भएको सरकारले बताएको छ ।
सरकारका निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले नेपाल सरकारको आर्थिक वर्ष २०८२–८३ को बजेट वक्तव्यसहितको राजश्व र व्ययको अनुमान संघीय संसदसमक्ष पेश गर्न स्वीकृति दिएको जानकारी दिए।
उनका अनुसार सरकारले आर्थिक वर्ष २०८२–८३ को सेवा र कार्यको लागि संघीय सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, राष्ट्र ऋण उठाउने अधिकारको व्यवस्था गर्न बनेको विधेयक, आर्थिक वर्ष २०८२–८३ को लागि नेपाल सरकारको अर्थसम्बन्धी प्रश्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक, सामयिक कर असुल ऐन, २०१२ को दफा ३ बमोजिमको सूचित आदेश जारी गर्ने र सोको सूचना नेपाल राजपत्रमा अतिरिक्तांक गरी प्रकाशन गर्ने निर्णय गरेको छ ।
यस्ता छन् मन्त्रिपरिषद् बैठकका १४ निर्णयहहरू
प्रतिक्रिया