काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उदयपुर जिल्ला सभापति चित्रकुमार कार्कीलाई नेपालकै कान्छी संघीय सांसद तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सचेतक निशा डाँगीले मेरा पिक हिमाल सफल आरोही कार्कीलाई सम्मान गरेकी छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी कोशी प्रदेश बैठकले निर्णयसहित विभिन्न विधामा गिनिज वल्र्ड रेकर्ड बनाउन सफल तथा हिमाल आरोही कार्कीलाई सांसद डाँगीले सम्मान गर्दै शुभकामना दिएकी छन् । कार्कीले मेरा पिक हिमालमा राष्ट्रिय झण्डासँगै घण्टीको झण्डा फराउन सफल भएका थिए ।
सभापति कार्की उदयपुर जिल्लामा सामाजिक कामसँगै राजनीतिमा समेत सक्रिय युवा नेता हुन् । कार्कीले सानैदेखि जिल्ला चिनाउन गाउँ चिनाउ केन्द्रसम्म देश चिनाउ विश्वसम्म भ्रष्टाचार मुक्त राष्ट्र निर्माण गरौँ लगाएतका नारा लिएर अभियान चलाउँदै आएका युवा हुन् ।
कार्कीले २०११ मा उल्टो मोटरसाईकल यात्रा मेचीमहाकाली लगाएत थुप्रै साहासी काम गर्दै आएका छन् । सांसद डाँगीले शुभकामना दिँदै अझै सकारात्मक सिर्जनशील काममा रेकर्ड बनाउन युवाहरूलाई प्रेरणादायी भूमिका खेल्न सुझाएकी थिइन् ।
कार्यक्रममा सांसद सन्तोष परियार, असोककुमार चौधरी, केन्द्रीय सहप्रवक्ता रमेश प्रसाईं, कोशी प्रदेशका पदाधिकारी, जिल्ला सभापतिहरुको उपस्थिति रहेको थियो । शनिबार झापास्थित आठराई होटलको सभाहलमा आरोही कार्कीलाई सम्मान भएको थियो ।
प्रतिक्रिया