काठमाडौं । भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै विपक्षी दलहरुले प्रतिनिधिसभा बैठक अवरोध गरेका छन् । विपक्षी दलका तर्फबाट माओवादी केन्द्रका वर्षमान पुनले राजीनामा नदिएसम्म संसद सञ्चालन हुन नदिने बताए ।
‘यस सम्बन्धमा गृहमन्त्रीजीले राजीनामा दिएर मार्गप्रशस्त गरिदिनुहोस् भनेर हाम्रो विनम्र अनुरोध छ, उहाँको संलग्नता छ भनेर हामीले दाबी गरेका छैनौँ,’ पुनले भने, ‘तर, यति गम्भीर विषय उठेपछि स्वं गृहमन्त्रीले नै राजीनामा दिएर सहज वातावरण बनाइदिनुहोस् ।’
त्यसपछि सभामुख देवराज घिमिरेलाई बैठक सञ्चालनमा समस्या भइरहेको छ । यतिबेला गृहमन्त्री लेखकको चौतर्फी आलोचना तथा विरोध भइरहेको छ ।
प्रतिक्रिया