काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले आगामी २१ देखि २५ साउनसम्म काठमाडौँको भृकुटीमण्डपमा आयोजना गर्ने नेपाल मोबिलिटी एक्स्पोको स्टल बुकिङ खुलेको छ । यही २२ वैशाखदेखि खुल्ला भएको स्टल बुकिङ प्रदर्शनीमा सहभागीहरूले २९ गते (सन् २०२५ मे ५ देखि मे १२) सम्म गर्न पाउने भएका हुन् । इच्छुक कम्पनीहरूले बुकिङ फारममा आफ्नो आवश्यकता भर्न सक्नेछन् र अन्तिम स्टल बाडफाड पारदर्शी लटरी प्रणालीमार्फत गरिने नाइमाले जनाएको छ ।
२ र ४ पांग्रे सवारी साधन तथा हलुका व्यावसायिक सवारी साधनका लागि छुट्टाछुट्टै हलहरू नराखी प्रदर्शकले आफ्नो ठाउँ र स्थानको आवश्यकताअनुसार कुनै पनि स्टल रोज्न सक्ने व्यवस्था गरिएको छ । यस प्रदर्शनीको व्यवस्थापन र संयोजन मिडिया स्पेस सोलुसन्स प्रालिले गर्नेछ । विगतका अन्य प्रदर्शनीहरूको तुलनामा नेपाल मोबिलिटी एक्स्पोमा विभिन्न परिवर्तन तथा सुधारहरू हुने उल्लेख गरिएको छ ।
उनले संस्थाका सदस्यहरू र उद्योग सरोकारवालाहरूलाई उत्कृष्ट सुविधा र प्लेटफर्म प्रदान गर्ने काम गरिरहेको र प्रदर्शनीमा भाग लिने कम्पनीहरूलाई एउटा अन्तर्राष्ट्रियस्तरको प्रदर्शनीको अनुभव गराउन प्रयासरत रहेको बताइन् । सम्पूर्ण अटोमोबाइल क्षेत्रलाई समेट्ने गरी व्यवस्थित तथा भव्य अटोमोबाइल प्रदर्शनी नेपाल मोबिलिटी एक्स्पो २०२५ आयोजना गर्न लागेको नाइमाले जनाएको छ ।
प्रतिक्रिया