रोजगरीलाई सिपसँग जोड्न सके देशभित्रै थुप्रै रोजगारी सृजना गर्न सकिने मन्त्री भण्डारीको दाबी

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले रोजगारीको विकल्प रोजागरी नै हुने भएको हुनाले त्यसका लागि सबै पक्ष मिलेर काम गर्नुपर्ने बताएका छन् ।

बुधबार काठमाडौंमा नेपाल ट्रेड युनियन कांग्रेस र जापान इन्टरनेशनल लेबर फाउन्डेसनको संयुक्त आयोजनाका आयोजित अद्योगिक सम्बन्ध र श्रम नीति सम्बन्धी सेमिनारमा बोल्दै मन्त्री भण्डारीले रोजगारीलाई सिपसँग जोडन सके देश भित्र पनि थुप्रै रोजगारहरु सृजना गर्न सकिने दाबी गरे ।

बजारको माग अनुसार सिपयुक्त जनशिक्ती भएन त्यसलाई रोजगारसँग जोड नसकिने बताएका हुन् । उनले भने, ‘बजारको माग अनुसार सिपयुक्त श्रमशक्ति छैन भने त्यसलाई रोजगारसँग कसरी जोड्ने ? रोजगारको लागि मुख्य विषयलाई सिपयुक्त श्रमशक्ति हो ।’

मन्त्री भण्डारीले श्रम क्षेत्रमा देखिएको समस्याहरु एक अर्कामाथि आरोप लगाएर पन्छिन नमिल्ने बताए । सरकार, ट्रेड युनियन र निजी क्षेत्र मिलेर सामाजिक सुरक्षा होस वा न्युन्तम ज्याला लगायतका बिषयमा सहमतीमा साथ अगाडि बढनु पर्ने उनले बताए ।

उनले कुनै पनि पक्षले एक अर्कामाथि आरोप लगाए पन्छिन नमिल्ने जिकिर गर्दै सबै पक्ष जिम्मेवार भएर देखिएका समस्याहरु सामाधन गर्नुपर्ने बताए ।

उनले भने, ‘न्युन्तम ज्यालाका लागि एउटा त्रिपक्षीय समितिले काम गरिराखेका छन्, यो समितिले एउटा ठोस निष्कर्षसहित न्युन्तम ज्यालाका सम्बन्धमा प्रस्ताव गर्नेछ ।’

मन्त्री भण्डारीले सरकारले ल्याएको नीति तथा कार्यक्रममा श्रमिकहरुको हकहितलाई ध्यानमा राखी सामाजिक सुरक्षामा अनिवार्य लागु हुने कार्यक्रम अगाडि सारिएको भन्दै त्यसका लागि आवश्यक ऐन, कानुनहरु संशोधन हुने बताए ।

उनले सरकारले ल्याएको यस नीतिबाट औपचारिक र अनौपचारिक क्षेत्रमा रहेका सम्पूर्ण श्रमिकहरुको हकमा लागू हुने बताए । त्यसका लागि सबै पक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया