राष्ट्र बैंकले अर्थ मन्त्रालयलाई बुझायो पूर्वबजेटकालीन समीक्षा प्रतिवेदन

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२–८३ को पूर्वबजेटकालीन समीक्षा प्रतिवेदन अर्थ मन्त्रालयलाई बुझाएको छ ।

नेपाल राष्ट्र बैंकका कायम मुकायम गभर्नर डा नीलम ढुंगाना तिम्सिनाले आज उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सो प्रतिवेदन बुझाएकी हुन् । कायममुकायम गभर्नर तिम्सिनाले देशका विभिन्न ठाउँमा पुगेर अध्ययन तथा छलफल गरी प्रतिवेदन तयार पारेको जानकारी गराइन् ।

सो अवसरमा अर्थमन्त्री पौडेलले राष्ट्र बैंकको प्रतिवेदनले आगामी आर्थिक वर्षको बजेट निर्माणमा महत्वपूर्ण सहयोग पुर्याउने बताएको उनको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया