नयाँ वर्ष २०८२ को पूर्वसन्ध्यामा यस्तो देखियो पर्यटकीय राजधानी पोखराको लेकसाइड

कास्की । होटल संघ पोखराले नयाँ वर्ष २०८२ लाई लक्षित गरी आयोजना गरेको २०औँ फेवा नव वर्ष महोत्सवमा पोखराको लेकसाइडमा नेपाली तथा विदेशी पर्यटकहरू झुमेका छन् ।

नयाँ वर्षको पूर्वसन्ध्यामा आयोजना गरिएको सो महोत्सवमा गण्डकी प्रदेशका ११ जिल्लाका मौलिक संस्कृतिको प्रस्तुतिहरु बाजा, भजन र रत्यौलीका कार्यक्रमहरु समेत रहेका छन् ।

पोखराको खहरेचोकदेखि ड्यामसाइड वीचको तीन किलोमिटर सडकमा आयोजना गरिएको सो महोत्सवमा निःशुल्क प्रवेशदेखि पर्यटन, संस्कृति र खाना फेवा महोत्सवको मुख्य आकर्षण रहेको छ । नयाँवर्षमा पोखरा आउने पर्यटकका लागि होटलले आफ्नो दररेटमा २० प्रतिशत छुटको सुविधासमेत रहेको छ ।

प्रतिक्रिया