रुद्र बिष्णु कुमारी रिजाल स्मृतिद्वारा आश्रमलाई सम्मान

काठमाडौं । रुद्र प्रसाद रिजाल बिष्णु कुमारी रिजाल स्मृति पुरस्कार कोषले बैदिक संस्कृत गुरूकुल वानप्रस्थ आश्रमलाई सम्मान गरेको छ । कोषको आयोजनामा हेटौँडामा भएको कार्यक्रममा ५० हजार राशिसहित सम्मान गरिएको कोषककी सचिव कल्पना रिजाल पाण्डेले बताइन् ।

गुरूकुलमका शिष्यहरूबाट स्वस्तीवाचन गरी उद्घाटन गरीएको उक्त कार्यक्रम ज्येष्ठ सम्मानित व्यक्तित्व पदम बहादुर ढुंगानाको प्रमुख आतिथ्यमा, कोषका अध्यक्ष आरसी रिजालको अध्यक्षतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा कोषकी सचिव रिजालले कोषको उदेश्य सनातन धर्म संस्कृतिको उत्थान, संस्कृत भाषा साहित्यको विकास रहेको र निरन्तर सोही अनुरुप अघि बढिरहेको बताएकी थिइन् । सो कार्यक्रममा सुधा पौडेल, सिताराम बर्तौला,अन्जना उपाध्याय बिमला रिजाल लगायतले शुभकामना दिएका थिए ।

प्रतिक्रिया