मुगु । रारा बहुमुखी क्याम्पस मुगुको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघकी जयलक्ष्मी रावल विजयी भइकी छन् । मध्यपश्चिमाञ्चल विश्वविद्यालय अन्तरगतको रारा बहुमुखी क्याम्पसमा अनेरास्ववियु, अखिल क्रान्तिकारीको गठबन्धन र स्वतन्त्र उमेदवारलाई पछि पार्दै रावलले निर्वाचित भएकी हुन् ।
उनले ७३ मत प्राइन् भने, गठबन्धनबाट सभापतिका उम्मेदवार बनेका अनेरास्ववियुका रविन्द्र मल्लले ४८ मत प्राप्त गरे । स्वतन्त्र उम्मेदवार शुसिल कुमार मल्लले १७ मत प्राप्त गरे ।
यस्तै अखिल क्रान्तिकारीका औसरा बुढा १ सय १० मत प्राप्त गर्दै सचिव पदमा निर्वाचित भएकी छन्, भने उनका प्रतिद्धन्द्धी नेविसंघका सागर हितानले २५ मत प्राप्त गरेको निर्वाचन समितिका निर्वाचन अधिकृत लालकेशर रोकायाले बताए ।
उनका अनुसार कोषाध्यक्ष पदमा नेविसंघका पञ्चादेवी सेजुवालले ७६ मत प्राप्त गर्दै विजयी भएकी छन्, भने उनका प्रतिद्धन्द्धी अनेरास्ववियुकी सरिता खड्काले ६१ मत प्राप्त गरिन् ।
सदस्यमा अनेरास्ववियुकी रेखा कार्की र अखिल क्रान्तिकारीका मनोज शाही निर्वाचित भएका छन् ।
चैत्र १८ गते सम्पन्न भएको स्ववियु निर्वाचनमा १७२ मतदाता मध्ये १४५ मतदान गरेका थिए, भने ७ मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।
निर्वाचन अधिकृत रोकायाका अनुसार समानुपातिक तर्फ अखिल क्रान्तिकारीले ९ मत, अनेरास्ववियुले ६५ मत, नेविसंघले ५८ मत र राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले ६ मत प्राप्त गरेका छन् ।
मुगु
प्रतिक्रिया