काठमाडौँ । एक नेपाली आप्रवासीको अमेरिका पुग्ने सपनाको कथा समेटिएको सर्ट फिल्म ‘वान इन ए मिलियन’को अमेरिकामा छायांकन पूरा भएको छ । सर्ट फिल्म फेस्टिभलका लागि निर्माण गरिएको यो फिल्ममा नायक हसनराजा खानले प्रमुख भूमिकामा अभिनय गरेका छन् ।
फिल्म ‘अलबिदा’बाट नेपाली फिल्ममा डेब्यू गरेका हसनले त्यसपछि ‘रोमियो’मा अभिनय गरेका थिए । हसन सन् २००९ मा काठमाडौँमा आयोजित ‘मिस्टर क्यापिटल’को टाइटल विजेता हुन् ।
‘वान इन ए मिलियन’मा विशाल सापकोटाको निर्देशन छ । ‘अवैध बाटो अपनाएर आफ्नो भविष्य बनाउने आशामा घरपरिवार छाडेर अमेरिका पुग्नका लागि जोखिम मोल्ने नेपालीको कथामा फिल्ममा छ’, नायक हसन भन्छन् ।
फिल्ममा सुवास थापासँगै अमेरिकामा रहेका २० जना कलाकारको अभिनय छ । फिल्ममा रामेश्वर कार्कीको छायांकन छ ।
हसनले सन् २०१५ मा कतारको दोहामा आयोजित ‘नेफ्टा अवार्ड’मा उत्कृष्ट नव–नायकको अवार्ड जितेका थिए । उनले न्युयोर्कमा भएको ‘ग्लोबल फिल्म अवार्ड’मा फिल्म ‘डिपार्चर’ निर्माणको घोषणा गरेका थिए । हसनका अनुसार अन्तर्राष्ट्रिय महोत्सवहरूमा ‘वान इन ए मिलियन’को प्रदर्शन गरिएपछि मात्र नेपालमा रिलिज गरिनेछ ।
प्रतिक्रिया