काठमाडौँ । भजन गायक मनिष रञ्जन बरालको नयाँ भजन सार्वजनिक भएको छ । बरालले ‘आएका एक्लै हौँ हेर्न जगत’ बोलको भजन सार्वजनिक गरेका हुन् । भजनमा रचनाकार जीवन खतिवडाको शब्द रहेको छ ।
गायक बराल स्वयंले संगीत भरेको भजनमा राजन कार्कीले एरेन्ज साथै ध्वनि मिश्रण गरेका छन् । भजनलाई मनिष रञ्जन बराल युट्युब च्यनलमार्फत सार्वजनिक गरिएको छ ।
सांगीतिक क्षेत्रमा लामो समय बिताइसकेका बरालको स्वरमा छुट्टै प्रकारको माधुर्यता छ । दर्जनौँ भजनहरू रेकर्ड गराइसकेका बरालको हालसालै मात्र ‘कहाँ होला बैकुण्ठ’ भन्ने ठाउँलाई दर्शकले रुचाएका थिए । उनको पहिलो भजन ‘कृष्णजीको नामै प्यारो,’ हो भने यसलाई २०७३ सालमा रेकर्ड गरिएको थियो ।
प्रतिक्रिया